रमेश कंडेल, बेल्जियम। नेपालको म्युजिक भिडियोमा जमेका चर्चित तथा पुराना भिडियो निर्देशक शिब बिक अहिले बेल्जियम आईपुगेको छ। नेपाली म्युजिक भिडियो बनाउने सिलसिलामा बि. क. युरोपको भ्रमणमा आएकोको उनले बताए।

बि. क. ले २०५२ सालदेखी निरन्तर २०७३ सम्म ४ हजार भन्दाबढि भिडियोमा निर्देशन गरिसकेको छ। नयाँ देखी पुराना सम्म, कलिउड देखि बलिउड सम्मको कलाकाहरुलाई भिडियोमा उतारिसकेको छ।  चर्चित लोकदोहोरी गीतहरु ‘माझीदाई पोखरा’, ‘बनको काफल’, ‘बनमा काँडा छ’, ‘एउटा चिट्ठी लेख्न मन ला’छ’, ‘हङकङ्ग आईडिले’ , ‘घरमा पराल’ लगायतका हिट गीतहरुमा निर्देशन गरेको छ।

लोकदोहोरी गीतहरुमा नेपालका चर्चित कलाकारहरु राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, धिरेन शाक्य हुदै भारतिय कमेडी नाईटका कृष्ण लाई समेत नचाएका छन् ।

साथै उनले पछिल्लो समयमा आफैले म्युजिक भिडियोमा अभिनय गरेको छ । साथै केही नेपाली गीतहरु पनि गाएको छ । भारतिय गायिका संजिवनी संग आधुनिक गीत ‘जनम् जनम् हाम्रो मायाँ’ भन्ने गीत गाएको छ भने दोहोरी गीतमा देवी घर्ती संग ‘पिरतीको डोरी’ भन्ने गीत गाउनुको साथै मोडलिङ पनि गरेको छ।

Previous articleफेसबूक स्ट्याटसले अन्ततःसुख्खा गाउँमा पानी निकाल्यो
Next articleस्विटजरल्याण्डको राजधानी बेर्न मा मजदुर दिबस सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here