एन आर एन संस्थापक संरक्षक तथा एन आर एन अभियन्ता एवं जर्मनिका लागि नेपाली महावाणिज्यदूत रापप्रताप थापाले सुनपुर दाङमा चलिरहेको पानी अभियानलाई रु. एक लाख सहयोग गर्ने घोषणा गरेको छ। पानी अभियानकर्ता मित्रलाल पार्देसित डेनमार्कमा भएको भेटमा थापाले उक्त रकम घोषणा गरेको हो। विदेशी भुमिबाट एक साधारण युवाले शुरु गरेको पानी अभियानको नारा हामी सबैको साझा नारा बन्नु पर्छ र पानी अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै पानी अभियानकर्ता पार्देसितको भेटमा उक्त कुरा बताएको थियो। “बिशेष गरेर भुकम्प पछि धेरै गाउँमा पानीको मुहानहरु ठप्पै सुकेका छन्। त्यसैले यो पानी  अभियान  वास्तविक र सार्थक पनि छ। सबै नेपालको स्थिति हेर्दा सबैको घर नजिकमा स्वस्थ र सफा पानी हुनुपर्नेमा धेरै ध्यान दिनुपर्ने देखिन्छ । मेरो तर्फबाट तपाईं र पानी अभियानको सफलताको शुभकामना ।” थापाले पार्देसितको भेट्मा भने।
हरेक गाउँ सिंचाइ होस् भन्ने नारा फेसबूक स्ट्याटसबाट सारेर अगाडि बढेको पानी अभियानले सुनपुर दाङमा बोरिङ खन्ने काम भैसकेको छ भने सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती अध्यक्ष प्रेम केसीले पाइप र ट्यान्की निर्माण गर्नको लागि सहयोगी हातहरु अगाडि बढाउन हार्दिक अनुरोध गरेको छ ।

Previous articleलाप्राक नमुना वस्तीका लागि स्विट्जरल्याण्डमा च्यारिटी डिनर हुँदै
Next articleफेसबूक स्ट्याटसले अन्ततःसुख्खा गाउँमा पानी निकाल्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here