गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा निर्माण थालेको ‘लाप्राक नमुना वस्तीलाई सघाउँ स्विट्जरल्याण्डमा च्यारिटी डिनर हुने भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको आयोजनामा आगामी मे २७ तारिख च्यारिटी डिनर हुन लागेको हो।


घर निर्माणका लागि लागत खर्च बढ्दै गएको बेला संघले लाप्राक नमुना वस्तीको सहयोगार्थ डिनरमा सहभागी बन्न स्विसबासी नेपाली समुदायलाई अनुरोध गरेको छ। एउटा घर निर्माणका लागि लागत १२ लाख रुपैयाँ भन्दा बढी रकम खर्च हुने अनुमान छ। संघले भूकम्प पिडितका लागि ५ सय ७३ घरहरु एकैचोटी निर्माण गर्दै छ। घर निर्माणका लागि नेपाली सेना तथा स्वयंसेवक गरी दैनिक २ सय जना कामदार जुटिरहेका छन्। एनआरएन स्विट्जरल्याण्डले आयोजना गर्ने च्यारिटी डिनरमा नेपाली समुदाय,संघ संस्था लगायत स्विस नागरिकहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।
च्यारिटी डिनर बारे पूर्ण बिबरण

Previous articleयसरी सम्पन्न भएको थियो नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको चौंथो अधिवेशन (भिडियो)
Next articleपानी अभियानलाई एनआरएनएका संरक्षक राम प्रताप थापाले एक लाख सहयोग गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here