बार्सिलोना/ गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप संयोजक कुल आचार्यले एनआरएन भवनलाई बोलेको प्रतिबद्दता रकम बुझाउन सहयोगदाताहरुलाई अनुरोध गरेका छन्। आगामी अक्टोबरसम्म भवन निर्माण सम्पन्न गर्ने गरी तिब्र गतिमा काम भईरहेको बताउँदै यस्तो आह्ववान गरेका हुन्।

एनआरएनले आफ्नै वेभसाईटमा अपडेड गरेको आँकडा अनुसार संसारभरका गैर आबासीय नेपालीहरुबाट भवनका लागि १९ करोड ६० लाख ७१ हजार १ सय १० रुपैयाँ ९७ पैसा  सहयोग गर्ने प्रतिबद्दता रहेको छ। तर हाल सम्म एनआरएन खातामा ११ करोड २० लाख ६५ हजार ६१ रुपैयाँ जम्मा भएको छ।

८ करोड रुपैयाँ भन्दा बढी रकम बोलेर पनि दिएका छैनन् नि ? एनआरएनले पैसा बोल्ने मात्र हुन् कि, दिने पनि हुन् ? भनी युरोप संयोजकलाई एक अन्तरबार्ताको क्रममा प्रश्न उठाए पछि आचार्यले रकम उठ्नेमा आँफू ढुक्क रहेको बताए। युरोपबाट मात्रै भवनका लागि ५ करोड ९५ लाख ३ हजार ८ सय ८७ रुपैयाँ  प्रतिबद्दता रहे पनि हाल सम्म ३ करोड ४७ लाख ६ हजार ४ सय ४५ रुपैयाँ मात्र एनआरएनको खातामा जम्मा भएको छ।

यस्तै आचार्यले नेपालीनेपालीडटकमसँग अन्तरबार्ता दिदै संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विश्व सम्मेलनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने संकेत गरेका छन् ।आफुले यूरोप संयोजकको जिम्मेवारी सम्मालेको अनुभवको आधारमा पदाधिकारी पद मध्ये उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना रहेको वताए ।

उनले भने ‘मेरो चाहाना संघको पदाधिकारी मध्ये एक पदको जिम्मेवारी लिएर काम गर्ने हो, साथीहरुले के सल्लाहा दिनुहुन्छ त्यही अनुसार अगाडि बढ्ने हो’ । ‘सबैसँग छलफल गरेर संघको हितमा हुने गरि आफ्नो उम्मेदवारी दिनेछु।”

संघको विश्वसम्मेलन नजिकिदैं गर्दा विभिन्न राष्ट्रिय समितिबाट उम्मेदवारी घोषणाको लहर लाग्ने सम्भवना बढेको छ । यसअघिनै संघको अध्यक्ष पदका लागि उपाध्यक्षद्धय कुमार पन्त र भवन भट्टले दावी गरेका छन् ।

अन्तर्बार्ताको क्रममा जर्मनीमा जुलाई २९ र ३० तारिखमा हुने दशौ युरोपेली बैठक,लाप्राक नमुना बस्ती निर्माण तथा एनआरएन अभियानका बिषयमा आचार्यले बोलेका छन्।

युरोप संयोजक आचार्यसँग पत्रकार बसन्त रानाभाटले लिएको अन्तरबार्ताको पुरा भिडियो।

Previous articleगैर आवासीय नेपाली संघ पोल्यान्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
Next articleनेपाली जनप्रगतिशील मंच स्विटजरल्याण्डले मजदुर दिबस मनाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here