गैर आवासीय नेपाली संघ पोल्यान्डको नयाँ वर्षको शुभकामना आदानप्रदान  कार्यक्रम पोल्यान्डको वारसवामा संस्थाका अध्यक्ष डा बोध  राज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको छ ।  नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न क्षेत्रबाट उपस्थिति भएका व्यक्तिहरूलाई शुभकामना दिदै डा सुवेदीले भन्नुभयो ” पोल्यान्डमा दर्ता भएको नेपालीहरुको एक मात्र गैर आवासीय नेपाली संघ पोल्यान्ड तपाईं हामी सबैको साझा संस्था हो । यो संस्थाबाट समय समयमा नेपाली समुदाय हरु एक आपसमा जमघट हुने वातावरण तयार गर्न पाउँदा खुशी लागेको छ ।”

आगामी दिनमा हुने एन आर एन ए पोल्यान्डको अधिवेशनमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको थियो । उक्त कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान गरिरहेका र रमाइलो गरिरहेका थिए । उपस्थिति हुने नेपालीहरुलाई जलपानको व्यवस्था ॐ सिन्हा रेस्टुरेन्टले गरेको थियो । साथै एन आर एन ए पोल्यान्डका अध्यक्ष श्री सुवेदीले पोल्यान्डबाट पहिलो पटक इनास युरोप एवम डेनमार्कद्दारा आयोजित  युरोपियन नाच प्रतियोगिता डेनमार्कमा उत्कृष्ट प्रदर्शन गरेर आएकी बाल कलाकार अपि न्यौपानेलाई आगामी दिनको लागि शुभकामना एवम वधाइ दिनु भएको थियो ।

स्मरण रहोस् संस्थाका महासचिव श्री श्री कृष्ण न्यौपानेद्दारा संचालित नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रममा पानी अभियानमा बिनोद आचार्य , कुल बहादुर श्रेष्ठ , रन्जु भट्टराईले स्वस्फूर्त सहयोग गर्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ पोल्यान्डको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा जन सम्पर्क समिती सभापती डा एलिनी पोखरेल सुवेदी ,  प्रवासी नेपाली मंचका अध्यक्ष टन्क कटुवाल डा उदय देव आचार्य लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Previous articleस्वीट्जरल्याण्डका नेपालीले काभ्रेमा बनाए बुद्धको मुर्ति
Next articleयुरोप संयोजकलाई प्रश्न:-एनआरएन भवनलाई बोलेको करौडौ रकम किन उठेन ?(अन्तरबार्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here