संसारभरिका मजदुर एक हौ भन्ने मुल नाराका साथ १२७ औ अन्तररास्ट्रीय मजदुर दिबस सदाझैँ यस वर्ष पनि स्विटजरल्याण्डको राजधानी बर्न मा आयोजना हुदै छ।
स्विटजरल्याण्डका विभिन्न सहरहरुमा हुने मजदुर दिबसमा बिगतदेखिनै नेपालि जनप्रगतिशील मंच स्विस (तत्कालिन नेपाली एक्यबद्दता मंच स्विस) ले सक्रिय सहभागिता जनाउने गरेको छ। स्विस मजदुर संगठन,यहा का प्रगतिशील संघ सस्था तथा राजनीतिक दल र मजदुर हरु द्वारा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन नेपालि जनप्रगतिशील मंच स्विस सम्पूर्ण स्विस बासि नेपालीहरुलाई हार्दिक अनुरोध गर्दछ। यस कार्यक्रम मा सहभागी भइ संसारभरिका शोषित पिडित मजदुर को पक्ष मा आबाज बुलुन्द गर्दै सम्राज्यबाद र पुजिबाद को बिरोध गर्न,संसार भरि चलिरहेको मजदुर आन्दोलन मा एक्यबद्दता जाहेर गर्न नेपाली जनप्रगतिशील मंच स्विटजरल्याण्ड सबैमा हार्दिक आब्हान गर्दछ। उक्त कार्यक्रम यहि आउदो मे १ तारिक सोमबार को दिन स्विटजरल्याण्ड को राजधानी बर्न मा हुन् गैरहेको छ। कार्यक्रम सोमबार बिहान ११ बजे बेर्न को क्रमगास्से (kramgasse) मा जम्मा हुने छ भने बिहान ११.३० बजे र्यालि बेर्न बुन्देसप्लाज तर्फ बढ्ने छ। र्याली बेर्न बुन्देसप्लाज मा पुगेर सभामा परिणत हुने छ भने सभामा स्थानीय मजदुर संगठन,विभिन्न राजनीतिक दल का प्रतिनिधि लगाएत ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रम हुने स्थान र समय
बर्न क्रमगास्से, मे १ तारिख सोमबार बिहान ११ बजे
सम्पर्क
श्याम घले जुरिच ०७८७२२३७९०
अचुत प्रसाद फुयाल बेर्न ०७६४६६७१८४
दर्शन आचार्य जेनेभा ०७७९७४७७५५

नेपालि जनप्रगतिशील मंच( NPPF SWISS )स्विटजरल्याण्ड

Previous articleयुरोप संयोजकलाई प्रश्न:-एनआरएन भवनलाई बोलेको करौडौ रकम किन उठेन ?(अन्तरबार्ता)
Next articleयसरी सम्पन्न भएको थियो नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको चौंथो अधिवेशन (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here