१७ अप्रिल २०१७, स्विटजरल्याण्ड। नेपालमा “आशा बिशेष पाठशाला तथा पुनर्स्थापना केन्द्र” सन्चालन गरिरहेकि आईना बार्कालाई स्विटजरल्याण्डका नेपालीहरुले आर्थिक सहयोग गर्ने भएका छन्। एक स्कुल बस खरीदका लागि अर्थ संकलन गर्न युरोप भ्रमण गर्ने क्रममा जुरीख आईपुगेकि बार्कालाई अर्जुन बस्ताकोटीको संयोजनमा संकलित नेपाली रूपैंया १५० ००० सहयोग स्वरुप प्रदान गर्ने घोषणा गरिएको हो। एक सुक्ष्म भेटघाट कार्यक्रममा सहभागिहरुको प्रश्नको उत्तर दिंदै बर्काले नेपालका अपाङग बालबालिकाको शिक्षाका लागि नेपाली समुदाय, गैर-आवासिय नेपालीहरु र नेपाल सरकारका निकायहरू लाग्नु पर्ने बताईन। उनले आवाजविहिन बौद्धिक अपांगता र मानसिक पक्षघात भएका बालबालिकाहरु पनि अन्य बालबालिका सरह पाठशाला जानपाउन भनेर नै आफु र आशा बिशेष पाठशाला क्रियाशिल रहेको बताउँदै सहयोगका लागि कृतज्ञता ज्ञापन गरिन।

Previous article“ऊत्सव” लिएर झुल्किए राजमान तमाङ नयाँ वर्षमा
Next articleदर्पण छायां २ हेर्न पुगेका रुपेन्द्रबाट पानी अभियानलाई रु २४ हजार सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here