ऊदयमान नव गायक राजमान तामाङले आफ्नो डेब्यु एल्वम “ऊत्सव” को विमोचनको साईत २०७४ सालको पहिलो दिन कोपनहेगनमा सार्वजनिक गरेका छन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को पाँचौं युरोपस्तरीय भेला तथा पाँचौं युरोपस्तरीय एकल नृत्य र दोस्रो गायन प्रतियोगिताको सांगितिक माहौललाई बिमोचनमा प्रयोग गरेका तामाङ स्वयं पनि सो संस्थाका ग्लोबल सदस्य हुन । आफ्नो संगीत क्यारियरको पहिलो गीतको को रुपपा आएको ‘पूर्वमा धरान राम्रो’ वोलको ऊनको गीतले युट्युवमा ऊल्लेख्य दर्शक पाई सकेको छ । लोकपृय गायिका मेलिना राई सँग गाएको गीत ‘हल्का हल्का नजर’ दर्शक तान्ने निश्चित छ । सुरज सिं ठकुरीको भिडियो निर्देशन र अत्तन्तै चलेकी कलाकार रीमा विश्वकर्माको अभिनय रहेको भिडियो कान्तिपुर टेलिभिजनवाट सार्वजनिक भई सकेको छ । ६ वटा गीत समेटिएको एल्वममा ३ वटा गीत डेनमार्कनै वस्दै आऊनु भएका कृष्ण पौडेल अन्जान का शव्द छन भने १, १, वटामा मिन गुरुङ, वावुल गिरी र सागर ऊपाध्ययका छन । दिपक शर्माले २ अनि मिन गुरुङले २ वटामा गीतमा संगित भरेका छन भने कल्याण सिंह र वावुल गिरीले १,१ वटा गितमा संगित दिएका छन । राजमान तामाङका अलावा ऊक्त एल्वममा मेलीना राई र योजना पुरीलाई पनि एक एक वटा गीतमा सुन्न सकिने छ । आफ्नो पहिलो प्रयाशलाई रचनात्मक टिका टिप्पणि , राय, सुझाव र सल्लाह दिन राजमान तामाङले विमोचन कार्यक्रममा सार्वजनिक आव्वान पनि गरे । अथक मेहेनत गरेर नेपाली सांगितिक जगतमा पहिलो कोशेली स्वरुप “ऊत्सव” लिएर आएका राजमान तामाङको सांगितिक भविश्यमा ऊत्सव ल्याऊन सकोस।

भिडियो

Previous articleनेजसस स्विट्जरल्याण्डको अधिवेशन सम्पन्न अध्यक्षमा श्याम सापकोटा
Next articleआईना बार्कालाई स्विटजरल्याण्डबाट ने.रु. एक लाख पचास हजार सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here