पोल्यान्डको वारसवामा प्रदर्शित दर्पण छाया २ हेर्न पुगेका श्री रुपेन्द्र खड्काबाट पानी अभियानलाई आफुले कबुल गरेको १३ हजारलाई बढाएर रु  २४  हजार प्रदान गर्नु भएको छ। पानी अभियानकर्ताको हातमा उक्त रकम राखिदिदै  पानी अभियानलाई सहयोग गर्दै श्री खड्काले भन्नु भयो ” हामी लाखौं रुपैयाँ जाड रक्सीमा खर्च गर्छौ , लाखौ रुपैयाँ भोज भतेरमा गर्दछौं । आज पानी अभियान जस्तो पबित्र काममा सहयोग गर्न पाँउदा कता कता मन्दिर नगए पनि ठूलो धर्म गरे जस्तो लागेको छ ।  उक्त सहयोग प्राप्त गरिसकेपछि पानी अभियान कर्ता मित्र लाल पार्देले आभार प्रकट गर्नुभएको छ।

Previous articleआईना बार्कालाई स्विटजरल्याण्डबाट ने.रु. एक लाख पचास हजार सहयोग
Next articleपोल्यान्डमा पानी अभियानमा दुई दिनमै झन्डै ७५ हजार सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here