१७ अप्रिल २०१७, स्विट्जरल्याण्ड। नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको चौथो अधिवेशन समितिका अध्यक्ष रामकुमार महत्तोको सभापतित्वमा यही अप्रिल १६ आईतबारको दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न भयो।

नेपाली कांग्रेस केन्द्रले अधिवेशनको लागि तोकेर पठाएको केन्द्रिय प्रतिनिधि तथा अधिवेशनका प्रमुख अथिति नेपाली जन सम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुर्व पौडेल, बिशेष अथिति र अथितिले संयुक्तरुपमा दिपप्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो।

सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै आरम्भ भएको कार्यक्रममा समितिका उपाध्यक्ष श्याम सापकोटाले स्वागत भाषण गरेका थिए। प्रमुख अथिति तथा नेपाली कांग्रेसका प्रतिनिधि नेपाली जन सम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष ध्रुर्व पौडेल, बिशेष अथिति नेपाली जन सम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा, जन सम्पर्क समिति स्विट्जरल्याण्ड पूर्व अध्यक्ष गुणराज शर्मा र अथिति नेपाली जन सम्पर्क समिति होल्याण्डका बरिष्ठ सल्लाहकार हरि पौडेल लागायत स्विट्जरल्याण्ड स्थित बिभिन्न संघ- संस्थाका प्रतिनिधिहरुले अधिवेशनको सफलताको कामना गर्दै आ-आफ्नो शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

अधिवेशनले श्याम सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति लाई निर्विरोध निर्वाचित गरेको छ। नव निर्वाचित समितिको अध्यक्षमा श्याम सापकोटा, उपाध्यक्षमा प्रकाश पौडेल, महामन्त्रीमा तिलक थापा, सह-महामन्त्रीमा सरोज घिमिरे, कोषाध्यक्षमा बिरु गुरूङ र सदस्यहरु कातियानी न्यौपाने, बिजय बाबु शर्मा “दर्पण”, रेशम खत्री र दिपेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन्। समितिको संरक्षकमा समितिका निवर्तमान अध्यक्ष रामकुमार महत्तो र प्रवक्तामा मेरो जिल्ला डट कमका संचालक बिजय बाबु शर्मा “दर्पण” लाई अधिवेशनले मनोनित गरेको छ।

समितिका महामन्त्री तिलक थापाद्वारा संचालित कार्यक्रममा एनआरएन स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङ, एनआरएन स्विट्जरल्याण्डका पुर्व अध्यक्ष धर्म गुरुङ, नेपाली जन प्रगतिशिल मंचका अध्यक्ष श्याम घले, नेपाली जन प्रगतिशिल मंचका पूर्व अध्यक्ष अच्युत प्रसाद फुयाल, नेपाली प्रवासी मंच स्विट्जरल्याण्डका अध्यक्ष संजय मुडबरी, नेपाली समाज बेर्नका अध्यक्ष बिष्णु थापा, स्विट्जरल्याण्डका लागि पर्यटनदूत कमल भट्ट र नेपाल पत्रकार महासंघ युरोपका पूर्व संयोजक ददी सापकोटा लगायत अन्य नेपालीहरुको उपस्थिति रहेको थियो।

नव निर्वाचित समितिका अध्यक्ष श्याम सापकोटा नेपालको चितवन जिल्ला भरतपुर निवासि हुन्, हाल उनी स्विट्जरल्याण्डको जेनेभामा बसोवास गर्दछन्। उनी चितवन स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका बिध्यार्थी थिए। बिध्यार्थी जीवनमानै नेवि संघको एकाई कमिटीका सक्रिय सदस्य रहेका सापकोटा १५ बर्ष अगाडी होटेल मेनेजमेन्टको अध्यनको सिलसिलामा स्विट्जरल्याण्ड आएका हुन्। उनी जेनेभामा एक समाजसेवीको रुपमा परिचित छन्।

Previous articleनेजसस स्विट्जरल्याण्डका अतिथिहरु स्विट्जरल्याण्डमा आगमन
Next article“ऊत्सव” लिएर झुल्किए राजमान तमाङ नयाँ वर्षमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here