१५ अप्रिल २०१७, स्विट्जरल्याण्ड। नेपाली जन सम्पर्क समिति, स्विट्जरल्याण्डको १६ अप्रिल २०१७ का दिन हुने अधिवेशनमा सहभागी हुन युरोपबाट अतिथिहरु स्विट्जरल्याण्ड आउने क्रम जारी रहेको छ।
समितिको अधिवेशनमा भाग लिन बेल्जियमबाट नेपाली जन सम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष ध्रुव पौडेल र स्पेनबाट नेपाली जन सम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा जेनेभा आईपुगेका हुन्। अधिवेशनमा प्रतिनिधित्व गर्न जेनेभा आईपुगेका जन सम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष पौडेल र जन सम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष सापकोटाहरुलाई नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका उपाध्यक्ष श्याम सापकोटा र मेरो जिल्ला डट कमका संचालक बिजय शर्मा दर्पणले जेनेभा एयरपोर्टमा खादा ओढाएर स्वागत गरेको थियो।
नेपाली कांग्रेस केन्द्रका तर्फबाट जन सम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष ध्रुव पौडेलले समितिको अधिवेशनमा प्रतिनिधित्व गर्ने समितिका उपाध्यक्ष श्याम सापकोटाले जानकारी गराए।



