१३ अप्रिल २०१६, स्विट्जरल्याण्ड। नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डले साधारण सदस्यता वितरण गरेको छ। यही १६ अप्रिल २०१७ आईतबारको दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा हुन गईरहेको नेपाली जन सम्पर्क समितिको चौथो अधिवेशन भव्यरुपमा सफल बनाउन र यसै अवसरमा साधारण सदस्यता वितरण गरेको हो।

नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष रामकुमार महत्तोले समितिको विधान अनुसार साधारण सदस्यता खुल्ला गरिएको बताउदै समितिको साधारण सदस्यता लिन र सदस्य बनिसकेकाहरुलाई सदस्यता नवीकरण गरिदिन स्विट्जरल्याण्डमा बस्दै आइरहेका नेपाली कांग्रेसजनहरुलाई अनुरोध गरेका छन्। अध्यक्ष महत्तोले यो  सन् २००७ सालमा स्थापित नेपाली जन सम्पर्क समितिको संस्थागत विकास र विभिन्न कारणले प्रवासिएका नेपाली कांग्रेसजनहरु एकताबद्ध गराउनु नै सदस्यता वितरणको मुख्य लक्ष्य रहेको बताए।

साधरण सदस्यता शुल्क १० स्वीस फ्रान्क रहेको र सदस्यता लिन र नवीकरण गर्न रामकुमार महत्तो, जुरीख र श्याम सापकोटा, जेनेभामा सम्पर्क गर्न सकिने जानकारी गराए।

Previous articleम्याड्रिडमा नयाँ बर्ष बिशेष कार्यक्रम हुँदै
Next articleनेजसस स्विट्जरल्याण्डका अतिथिहरु स्विट्जरल्याण्डमा आगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here