बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति म्याड्रिडले नयाँ बर्ष बिशेष कार्यक्रम गर्ने भएको छ। बिभिन्न सामाजिक कामहरुमा समेत सक्रिय हुँदै आएको क्षेत्रीय समिति म्याड्रिडले नेपाली नयाँ बर्षको उपलक्ष्यमा कार्यक्रम गर्न लागेको हो।

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रममा म्याड्रिडबासी नेपालीहरु शुभ-कामाना आदानप्रदान सहित सांगीतिक माहोलमा रम्ने भएका छन्। क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष रोशन पाठकले सदा झैँ यस पटक पनि कार्यक्रममा सहभागी बन्दै नेपाली नयाँ बर्षलाई भब्य स्वागत गर्न अनुरोध गरेका छन्।

आगामी अप्रिल १६ तारिख आईतबार स्पेनको राजधानी म्याड्रिडमा हुँने कार्यक्रममा नेपाली कला र सस्कृति झल्कने प्रस्तुतिहरु स्थानीय कलाकारले प्रस्तुत गर्दैछन्।

कार्यक्रम बारे पूर्ण बिबरण:-

मिति:- अप्रिल १६ तारिख आईतबार

स्थान:Paseo de los melancólicos 11, cuarta planta

समय:– दिउँसो ३:३० देखि

टिकट:– १५ युरो(प्रतिव्यक्ति), २५ युरो (जोडी),१० युरो (१६ बर्ष सम्मका किशोरकिशोरी),निशुल्क:- १० बर्ष मुनिका बालबालिकाहरुको लागि मात्र

(खानाको ब्यबस्था सहित)

आयोजक:- एनआरएनए स्पेन क्षेत्रीय समिति म्याड्रिड

Previous articleस्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठी सम्पन्न
Next articleजनसम्पर्क समिति स्विट्जरल्याण्डको साधारण सदस्यता वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here