बार्सिलोना। स्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठी सम्पन्न भएको छ। स्विट्जरल्याण्ड जस्तै भौगोलिक स्वरूप रहेको नेपालमा बिज्ञान,प्रविधि तथा सीप हस्तान्तरण बिषयमा बृहत छलफल गर्दै गोष्ठी सपन्न भएको हो।

स्विट्जरल्याण्ड स्थित नेपाली दूताबासले पनि सहकार्यमा नेपाल साईनटिफिक एसोसिएशन स्विट्जरल्याण्डको आयोजना गरेको कार्यक्रममा नेपालमा बिभिन्न परियोजना संचालन गरिरहेका साझेदारी सँस्थाका प्रतिनिधिहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

शनिबार जुरिचमा सम्पन्न गोष्ठी मुलत:विज्ञान र प्रविधिको क्षेत्रमा स्विट्जरल्याण्डबाट नेपालमा पुर्याउन सकिने सहयोगको बिषयमा केन्द्रित रह्यो। यस्तै एसोसिएशनले हालै काठमाडौंमा सम्पन्न गरेको तीन दिने कार्यशाला गोष्ठीको रिपोर्ट समेत उक्त अबसरमा प्रस्तुत गरेको थियो।

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालको बिशेष उपस्थितिमा तीन फरक-फरक सत्रमा सम्पन्न गोष्ठीको अध्यक्षता क्रमश: रञ्जन मिश्र,राकेश चन्द्र प्रजापति र सौरभ सुबेदीले गरेका थिए।

नेपालमा बिभिन्न परियोजना संचालन गरिरहेका साझेदारी सँस्था,स्विस विश्वविद्यालयका प्राध्यापक ,वैज्ञानिक,विश्वविद्यालयका विद्यार्थीहरु,गैर सरकारी सँस्थाका प्रतिनिधिहरु,स्विस स्थित बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरुले गोष्ठीमा सहभागीता जनाएका थिए।

Previous articleनेजसस स्विट्जरल्याण्डको चौथो अधिवेशनको तयारी अन्तिम चरणमा
Next articleम्याड्रिडमा नयाँ बर्ष बिशेष कार्यक्रम हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here