०८ अप्रिल २०१७, स्विट्जरल्याण्ड। आगामी १६ अप्रिल २०१७ आईतबारको दिन बेर्नमा हुने  नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको चौथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको समितिका महामन्त्री तिलक थापाले जानकारी दिएको छ।

नेपाली कांग्रेसको उदेश्य र आदर्शप्रति प्रतिबद्ध र समर्पित रहने स्विट्जरल्याण्ड स्थित नेपालीहरुको लागि स्थापना गरिएको नेपाली कांग्रेसको भातृ संस्था नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको १६ अप्रिल २०१७ मा हुने कार्यसमितिको निर्वाचनको लागि समितिका पूर्व अध्यक्ष गुणराज शर्माको अध्यक्षतामा निर्वाचन कमिटी गठनगरेको समितिका महामन्त्री थापाले जानकारी दिएको हो।

अधिवेशनमा नेपाली जन सम्पर्क समिति क्षेत्रीय युरोपका पदाधिकारीहरु, युरोपका विभिन्न देशहरु बाट नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरुको उपस्थिति रहने र स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुलाई समितिको चौथो अधिवेशनमा उपस्थित भैइ अधिवेशन सफल बनाईदिनु हुन समितिले हार्दिक अनुरोध गरेको छ।

बिभिन्न संघ-सस्थाहरु लाई समितिले पठाएको निमन्त्रणा पत्रमा समय दिनको ०१:०० बजे हुनु पर्नेमा समय ११:०० बजे भएकोले समय सच्याईएको जानकारी गराउदै बिबिध कारणले समितिको ई-मेल नपुगेको संघ-संस्थाहरुलाई यसै लाई आधार मानेर उपस्थित भईदिनु हुन समितिले निमन्त्रणा गरेको छ।

अधिवेशन हुने स्थान, समय र मिति

अधिवेशन हुने स्थान :- Thunplatz 15, 3005 Bern

समय :- दिउसो ०१:००बजे

मिति :- १६ अप्रिल २०१७

Previous article“पानी अभियान” लाई एनआरएनए सचिव अर्जुन कुमारको शुभकामना
Next articleस्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठी सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here