एन आर एन ए पोल्यान्डका बरिष्ठ उपाध्यक्ष   मित्रलाल पार्देको पहलमा हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस्  मूल उद्देश्यमा आधारित भएर  शुरुवात गरिएको पानी अभियान अब हाम्रो साझा मुद्दा भएको छ। साविकको लक्ष्मीपुर गाविस  सुनपुर दाङबाट शुरुवात भएको पानी अभियानले शुरुवाती चरणमा उक्त गाउँमा पानीको समस्या समाधान गरोस् ।   पानीको हाहाकार भएको समस्यालाई समाधान गर्न र ग्रामीण उद्यमशीलतालाई माथी उठाउन “घर घरमा धारा, गाउँ गाउँमा सिंचाई” भन्ने मुल नाराका साथ  करोडको पानी अभियान शुरु गरेको खबर सुन्दा हामिलाई खुशी लागेको छ ।  अहिले सो अभियान सबैको साझा बनेको छ र देश विदेशबाट सहकार्यका हातहरु अगाडि  बढेका छन् ।  यसर्थ पानी अभियानको नारा पुरा नहुँदा सम्म घरमै नजाने गरी पानी अभियान चलाइरहनु भएका मित्र लालको कदमलाई सहयोग र साथ दिन हुन नेपाल सरकार लगायत सम्बन्धित निकायसित  पनि जोड्दार माग गर्दछु । नेपाल सरकारले पनि यथाशिघ्र कुनै ढिलाई नगरी पानी अभियान शुरु भएको गाउँमा हरेक घर धारो र सिंचाइ नारा कार्यान्वयन्   गर्न पहल गरोस् । समाजका हरेक तह र तप्काका व्यक्तिहरुलाई    सो अभियानलाई सार्थक बनाउन यहाँको प्रत्यक्ष परोक्ष साथ र सहभागिताको हार्दिक अपेक्षा सहित यो अभियान पानी नपाएको हरेक   गाउँमा  पुगोस् ।   पानी अभियानको नारा पुरा होस्, सफलताको शुभकामना।

श्री अर्जुन कुमार श्रेष्ठ

सचिब  गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद

Previous article“यो साँझ एक्लै छोडिदेउ” गीत म्युजिक भिडियो सहित सार्बजनिक
Next articleनेजसस स्विट्जरल्याण्डको चौथो अधिवेशनको तयारी अन्तिम चरणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here