३१ मार्च २०१७, स्विट्जरल्याण्ड। नेपाली ऐक्यबद्धता मंच, स्विट्जरल्याण्डको ७औं अधिवेशन मंचका अध्यक्ष अच्युत प्रसाद फुयालको सभापतित्वमा यही मार्च २६ आईतबारको दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न भएको छ।

अधिवेशनका प्रमुख अतिथि संयुक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष सुरेन्द्र भुसालले दिपप्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेको थियो।

सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै नेपाली राष्ट्रिय गीतबाट प्रारम्भ गरेको उक्त कार्यक्रममा मंचका सदस्य युवराज फुयालले स्वागत भाषण गरेका थिए। भने बिभिन्न संघ-संस्था र मोर्चाका प्रतिनिधिहरुले ७औं अधिवेशनको सफलताको कामना गर्दै आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अधिवेशनले श्याम घलेको अध्यक्षतामा दुई सदस्य पछि थप्ने गरि १५ सदस्यहरु लाई निर्विरोध निर्वाचित गरेको छ। अध्यक्षमा श्याम घले, उपाध्यक्षमा दर्शन आचार्य, महासचिवमा कमल के. सी., सचिवमा युवराज फुयाल र कोषाध्यक्षमा सिता ओझा। सदस्यहरु अच्युत प्रसाद फुयाल, कुमारी गुरुङ, संजु बिडारि, लक्ष गुरुङ, लेख बहादुर बिश्वकर्मा, धिरज प्रधान, शम्भु गौतम र फुटुंगटुंग लामा निर्विरोध निर्वाचित भएका छन्।

संयुक्त नेपाली मोर्चा यूरोपका महासचिव डा. कृष्ण अर्यालको संयोजकत्वमा दुई सदस्यीय निर्वाचन कमिटीले उनिहरु लाई निर्विरोध निर्वाचित घोषणा गरेको हो।

मंचका महासचिव कमल के. सी. ले संचालन गरेको कार्यक्रममा यूरोपका बिभिन्न देशहरुबाट मंचका प्रतिनिधिहरु, स्विट्जरल्याण्ड स्थित नेपाली संघ-संस्थाका प्रतिनिधिहरु र स्विट्जरल्याण्डका बिभिन्न सहरहरुबाट नेपालीहरुको उपस्थिति रहेको थियो। गायक नविन खड्का र गायक तथा संगीतकार चेतन सापकोटाले आफ्नो सांगीतिक कोसेलीहरु प्रस्तुत गरेका थिए।

सन् २००४  सालमा स्थापना गरिएको नेपाली ऐक्यबद्धता मंच, स्विट्जरल्याण्डको नाम नामकरण गरि अधिवेशनले मंचको नयाँ नाम नेपाली जनप्रगतिशिल मंच, स्विट्जरल्याण्ड राखेको छ।

Previous articleयूरोपबाट २ लाख पर्यटकहरु नेपाल भित्र्याउने योजना
Next articleपानी अभियान कार्यान्वयन चरणमा प्रवेश गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here