पानी  अभियान कार्यान्वयन चरणमा प्रबेश गरिरहेको छ जसका लागि भूमिगत पानी श्रोतलाई डिप बोरिङको माध्यमबाट पानी आपूर्तिलाई सहज तुल्याउनको लागि पानी बोरिङ निर्माण  कार्य सम्पन्न गर्नका लागि ”Nepal Hydro Construction Company Pvt.Ltd”.काठमाण्डौका तर्फबाट प्रतिनिधि सुपरभाइजर श्री प्रेमबहादुर जैगडि र ” सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ”का तर्फबाट अध्यक्ष श्री प्रेमबहादुर के सी बीच 2073 साल चैत्र 17 गते निर्माण सम्पन्न गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको जानकारी सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती सचिव श्री किरण पौडेलले गराउनु भएको छ ।

साथै पानी अभियानमा हरेक वर्ग र जनसमुदायलाई सरिक हुन अनुरोध गर्दै  दाङ जिल्ला साबिक लक्ष्मीपुर गा बि स को हाल घोराही उप महानगरपालिका, सुनपुर मा जारि पानी अभियानमा  आदरणीय महानुभावहरुले देखाउनु भएको सहयोग,सद्भाव प्रति यस ” सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ” हार्दिक आभार प्रकट गरेको छ ।

Previous articleनेपाली ऐक्यबद्धता मंच, स्विट्जरल्याण्डको अधिवेशन सम्पन्न अध्यक्षमा श्याम घले
Next articleपानी अभियान सहयोगार्थ पोल्यान्डमा दर्पण छाया २ देखाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here