२३ मार्च २०१७, स्विट्जरल्याण्ड। पर्यटनको विकाश एवं प्रवर्द्धनका लागि आङ तेन्जिङ शेर्पालाई नेपाल पर्यटन बोर्डले स्विट्जरल्याण्डका लागि पर्यटन दूतमा नियुक्त गरेको छ।

पर्यटन बोर्डले गत हप्ता शेर्पालाई बोर्डको आधिकारीक पत्र दिदै आगामी दुई बर्षका लागि शेर्पालाई पर्यटन दूतमा नियुक्त गरेको हो।

यही मार्च २० तारीख जेनेभा स्थित नेपाली दूतावासमा स्विट्जरल्याण्डका लागि सहायक राजदूत सुरेश अधिकारीले शेर्पालाई प्रमाण पत्र हस्तान्तरण गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

पुर्खौली घर सोलुखुम्बुका तेन्जिङ शेर्पा दुई दशक देखि स्विट्जरल्याण्डमा बसोबास गर्छन। नव नियुक्त शेर्पाले शुरुका दिन देखिनै नेपालमा पर्यटन लैजाने देखि नेपालको पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएका छन्।

स्विट्जरल्याण्डका लागि बोर्डले यो सँगै दुई जनालाई दूतमा नियुक्त गरेको छ।

Previous article“यो साँझ एक्लै छोडिदेउ मलाई” गायक स्वरूपराजको म्युजिक भिडियो आउँदै
Next articleजीवन भर पानी दिवसको दिन पारेर पानी अभियानलाई सहयोग गर्ने घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here