विश्व भरि पानी दिवस मनाइ रहदा एन आर एन ए पोल्यान्डका महासचिव  तथा इनास पोल्यान्डका अध्यक्ष श्री श्री कृष्ण न्यौपानेले मित्र लाल पार्देद्दारा आरम्भ भएको  पानी अभियानलाई हौसला प्रदान गर्नको लागि आफ्नो जीवन भरी पानी दिवसको दिन पारेर हरेक वर्ष  रु २ हजार २ सय २२ रुपैया सहयोग प्रदान गर्ने खबर पठाउनु भएका छ ।  उहाले भन्नु भएको छ ।   “जुन दिन सम्म नारा पुरा हुने छैन जहाँ जहाँ अभियान सन्चालन हुनेछ त्यहा त्यहा मेरो सहयोग हरेक वर्ष जस्तो सुकै परिस्थितीमा भए पनि अभियानलाई सहयोग गरिरहनेछु । ” यस् पवित्र कार्यमा हौसला प्रदान गर्नुहुने उहाकी श्री मति कल्पना न्यौपाने एवम उहाँप्रति पानी अभियानकर्ताले हार्दिक आभार प्रकट गर्नु भएको छ ।

पानी अभियानलाई सहयोग गर्ने आफ्नो प्रतिवद्दता जनाउदै श्री  न्यौपाने लेख्नुहुन्छ । ”   आज पानी दिबस ! सबै चिज नभए पनि बाँच्न सकिएला तर बिना पानी मानव मात्र नभई कुनै पनि सजिबको अस्तित्व कल्पना समेत हर्न सकिँदैन! पानी जीवन हो! पानी नपाएर छटपटिनु हुन्न ! हरेक घरमा धारो र हरेक गाँउमा सिँचाइ हुनुपर्छ भन्दै दाङको सुनपुरबाट पानी अभियानको थालनी गरेका पानी अभियान कर्ता मित्र लाल पार्देको अभियानमा होस्टेमा हैसे गर्दै आज र अभियान पूरा नहुदाँ सम्म प्रत्यक  बर्ष पानी दिबसका दिन २२२२ नेपाली रुपैयाँ सहयोग गर्ने प्रण गर्दछु!”

स्मरण रहोस् पानी अभियानकर्ताले पानी अभियानको नारा आफ्नो घोषणा पत्रमा समावेश गर्न हरेक राजनीतिक दलहरुलाई अपिल गरिसक्नु भएको छ

Previous articleआङ तेन्जिङ शेर्पा स्विट्जरल्याण्डका लागि पर्यटन दूतमा नियुक्त
Next articleराजनीतिमा मौलाएको ठेक्कापट्टा र गुण्डागर्दी हट्नु पर्छ:-नारायणकाजी श्रेष्ठ (भिडियो अन्तरबार्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here