बेल्जियम, नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाली जनसम्पर्क समिति बेल्जियमले गल्ती स्विकार नगरे सम्म कुनै पनि गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने निर्णय गरेको छ। समितिको नयाँ कार्यसमिति चयनका लागि चुनाव पछि भएको मतगणना चल्दै गर्दा, पर्यबेक्षणका लागि गएका पत्रकारहरु माथि अपमान गरे पछि पनि गल्ती स्विकार नगरेको भन्दै युरोप शाखाले यस्तो निर्णय गरेको हो। पत्रकार माथि भएको अपमान र दुर्ब्यबहार पछि पनि समितिले गल्ती स्विकार नगरेसम्म कुनै पनि गतिबिधि बारे रिपोटिङ् नगर्ने निर्णय गर्दै युरोप शाखामा आबद्द सम्पूर्ण पत्रकारहरुलाई जानकारी गराएको छ। यस्तै घटना बारे महासंघको केन्द्रलाई समेत जानकारी गराउँने तथा विदेश स्थित महासंघका शाखाहरु पनि पत्राचार गरी युरोप शाखाको निर्णयलाई कार्यान्वयन गर्न अनुरोध पत्र पठाउँने निर्णय गरेको छ। घटना पछि पनि तत्कालिन निर्बाचन समिति तथा जनसम्पर्क समितिबाट माफी माग्नुको सट्टा मतगणना स्थलमा तोकिएका ब्यक्ति बाहेक सबैलाइ निषेधित गरिएको र भीड नियन्त्रणको क्रममा पत्रकार पनि परेको भन्दै प्रतिक्रिया आए पछि यस्तो कदम चाल्न बाध्य भएको महासंघले जनाएको छ। निर्बाचन समिति,उमेद्वार लगायत गैर काँग्रेसीहरुलाई समेत प्रबेश दिईएको मतगणना स्थलमा पर्यबेक्षणक लागि गएका युरोप शाखाका अध्यक्ष लगायतका पत्रकारलाई रोक्नुलाई सिङ्गो शाखा माथि कै अपमान भएको ठहर गर्दै उचित सुनुवाई नभए महासंघ अझै कडा रुपमा प्रस्तुत हुँदै जाने निर्णय गरेको छ। नेपाली जनसम्पर्क समिति बेल्जियमको मार्च १३ तारिख सोमबार मतगणना जारी रहँदा महासंघ अध्यक्ष केजिन राई र पत्रकार डिल्लीराम अमाईलाई निर्बाचन समिती संयोजक इन्द्र क्षेत्री र सदस्य सचिब झलक केसीले प्रबेशमा रोक लगाउँदै अपमानित गरेको घटना प्रति पनि महासंघले यसअघि नै बिज्ञप्ति जारी गर्दै ध्यानआकर्षण गराएको थियो। बिज्ञप्ति पछि पनि जनसम्पर्क समिति मौन देखिए पछि युरोप शाखाका अध्यक्ष केजीन राई (बेल्जियम), बरिष्ठ उपाध्यक्ष ओम शर्मा (बेल्जियम), महासचिव प्रकाश ढकाल(डेनमार्क),सचिव माहिन्दोवाईवा(ईटली),सचिव हिरालाल श्रेष्ठ (स्विट्जरल्याण्ड),कोषाध्यक्ष प्रेम पोमु (जर्मनी),सदस्यहरु दीपक क्षेत्री (स्पेन), बिरमान घर्ती मगर (बेल्जियम),शेर बहादुर छन्त्याल(बेल्जियम),निराजन श्रेष्ठ (स्विट्जरल्याण्ड),द्रोण रिजाल(नेदरल्याण्डस्),प्रेम परियार(नर्बे) लगायत सदस्यहरुको साईबर छलफलले उक्त निर्णय गरेको हो। नेपाली जनसम्पर्क समिति स्पेनको अधिबेशनमा पनि पत्रकार माथि सोही प्रकारको घटना भए पनि समितिले बिनम्रता पुर्बक माफी मागेको छ। मुलुककै सबै भन्दा पुरानो,बलियो लोकतान्त्रिक तथा प्रजातान्त्रिक पार्टी भएको दाबी गर्ने नेपाली काँग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति बेल्जियमलाई पनि स्पेनबाट पाठ सिक्न पनि महासंघले अनुरोध गरेको छ।

Previous articleप्रेस-विज्ञप्ति जारी गर्दै घलेले दिए राजिनामा
Next articleपोल्यान्डमा नेपाली सिनेमा लूट २ भव्यतापुर्वक प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here