अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनीको दोश्रो अधिवेशनबाट कलाकार सुनील गुरुङ्गको अध्यक्षतामा ३२ सदस्य समिति सर्वसम्मतिबाट चयन भएको छ। गत साता जर्मनीको डार्टमुंडमा भएको इनास जर्मनीको दोश्रो अधिवेशनले कलाकार सुनील गुरुङ्गको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो।

इनास ग्लोबलका बरिष्ठ उपाध्यक्ष कमला दहाल, यूरोप क्षेत्रीय संयोजक अर्जुन काफ्ले, गैर आवासीय नेपाली संघ जर्मनीका उपाध्यक्ष रण बहादुर साउद लगायतका ब्यक्तीत्वहरुको साथै संभवभएसम्मका जर्मनीका संघसंस्थाहरुको प्रतिनिधीहरूको समेत उपस्थिति रहेको उक्त अधिवेशनबाट जर्मनीका अधिकांश क्षेत्रलाई समेटने प्रयास गरिएको र समितिमा रहना छुटेका क्षेत्रबाट समेत छिट्टै प्रतिनिधित्व रहनेगरी इनास ग्लोबलबाट सहमति सहित अनुमोदन प्राप्त गरिसकेको नव निर्वाचित अध्यक्ष सुनील गुरुङ्गले जानकारी गराउनुभएको छ।

इनास जर्मनीको समिति सर्वसम्मतिबाट चयन हुनसकेकोमा इनास ग्लोबलका संस्थापक वरिष्ठ सल्लाहकार तथा वर्तमान समितिमा अनुगमन तथा सुपरिवेक्षण उच्च समितिका संयोजक श्री पुष्प थापा लगायतका पदाधिकारीहरुले खुसी ब्यक्त गर्नुभएको छ। नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना दिदै उहाँहरुले बिश्वभरी फैलिएको इनासलाईलाई थप उचाईमा पुर्याउन सक्षम हुने कुरामा विश्वस्त भएको धारणा ब्यक्त गर्नुभएको छ। अधिवेशनलाई ब्यबस्थित रुपमा सफल पार्न तथा लुम्बिनी रेस्टुरेन्टका तर्फबाट खानपान लगायतको ब्यबस्था गरी उच्च सहयोग पुर्र्याए वापत मदन दहालज्यूलाई उपस्थित सबैले हार्दिक धन्यवाद दिएका थिए।

Previous articleपानी अभियानलाई वरिष्ठ गायिका कोमल ओलिद्दारा भिडियो शुभकामना दिदै ऐक्यबद्धता
Next articleसंरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here