” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ।” नारामा  आधारित  पानी अभियानमा वरिष्ठ  गायिका कोमल ओलिले भिडियो सन्देश मार्फत शुभकामना दिदै पानी अभियानमा साथ र समर्थन  आफ्नो तर्फबाट पनि    ऐक्यवद्द्ता प्रकट गर्दै  नारालाई तार्किक  बिन्दुमा पुर्याउन सबै सित अपिल गर्नुभएको छ । स्मरण रहोस्  उक्त भिडियो सन्देश राष्टृय कलाकार श्री विकास घले गुरुङले यु ट्युबमा सार्वजनिक गर्नु भएको छ ।
देशविदेश बाट स्वस्फूर्त रुपमा साथ र समर्थन पाइरहेको पानी अभियानले काम थालनी गर्दा बित्तिकै नै लाखौ व्यक्तिहरुको साथ र समर्थन हुने चर्चा नागरिकस्तरमा गर्न थालिएको छ ।  पानी अभियान शुरुआत भएको सुनपुर गाउँमा ८०० परिवारको लागि जबसम्म हरेक घर धारो हुने ग्यारेन्टी हुँदैन तबसम्म घर नै नजाने भीष्म प्रतिज्ञा लिएर पानी अभियानकर्ता अभियान चलाइरहेका छन् ।  यो अभियान महा अभियान बनाउदै पानी अभियान शुरु भएको गाउँ सफल पारेर  पुरै देशव्यापी पनि यो अभियान चलाउने जानकारी पानी अभियानकर्ता मित्र लाल पार्देले दिएका छन् ।

Previous articleस्वर्गीय मनोज ठगुन्नाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
Next articleइनास जर्मनीको समिति सर्वसम्मतिबाट चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here