एन्तोर्पेन, बेल्जियम। “संरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य वहस सहित १२ फेब्रुअरीमा सम्पन्न भयो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सीले आन्दोलनबारे चर्चा गरेका थिए ।
कार्यक्रमको पहिलो शत्रमा स्रष्टाहरु शँकर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गेरै बास्तोला, मोहन खत्री, परमानन्द सापकोटा, बिमल गिरी, खडक के.सी, सौरव कारञ्जित, बिष्णु सापकोटा, अर्जुन श्रेष्ठ, दीपेन्द्र के.सी र तीर्थ धमला (अनुपस्थित तर रचना प्राप्त)ले आफना कविता तथा मुक्तकहरु प्रस्तुत गरेका थिए ।
दोश्रो शत्रमा आन्दोलनको समीक्षा सहित  काव्य वहस चलाइएको थियो । वाचित रचनाहरुबारे बिमल गिरीले टिप्पणी गरेका थिए । दोश्रो शत्रमा उल्लेखित स्रष्टा सहित जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, व्यवसायी संघका अध्यक्ष सी.पी भट्ट, बागलुङ समाज बेल्जियमका अध्यक्ष गँगा शर्मा, अनेसास बेल्जियमका महासचिव परमानन्द सापकोटाले भाग लिनु भएको थियो ।
कार्यक्रमको सँचालन तथा सहजीकरण आन्दोलनका सदस्य सचिव बिष्णु सापकोटाले गरेका थिए ।

Previous articleइनास जर्मनीको समिति सर्वसम्मतिबाट चयन
Next articleसिंचाइ मन्त्रीद्दारा पानी अभियानलाई शुभकामना व्यक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here