तस्बिर:-बिरेन मगर

आकाशमा उडेको पंक्षी झैँ,
हावाको बेग सँगै उडेको बादल झैँ
उड्न देऊ यो मनलाई
रम्न देऊ यो मनलाई

बसन्त रानाभाट। युरोपका चर्चित गायक सुभास सुन्दास अहिले यही गीतको म्युजिक भिडियो तयारीमा जुटिरहेका छन्। मिठो स्वरका धनी गायक सुन्दासको “उड्न देउ” एल्बमको शिर्ष गीतको भिडियोलाई युरोपमा नै तयार गर्न लागेका हुन्। सुन्दासको गीतलाई साईप्रस निबासी बिरेन मगरले निर्देशन गरेका छन् भने जर्मनी निबासी सोनीया श्रेष्ठ र दिनेश कार्कीले अभिनय गरेका छन्।

स्विटजरल्याण्ड निबासी गायक सुन्दासले साईप्रसमा नै पुगी भिडियोको छायाङ्कनको काम सम्पन्न गरेको बताएका छन्। उनले भने,” युरोप भित्र नै एउटा राम्रो टिम बनेको छ, स्विटजरल्याण्ड,जर्मनी र साईप्रसबाट सबैले मेहनत गरेका छौ,आशा गरौ दर्शकहरुले भिडियोलाई अबश्य नै मन पराउँनु हुनेछ।

img_1189

यस अघि गायक सुन्दासका तिमी छौ र,नाचो झिल्के, “माया हो”, नक्कली,“आधा गाग्रो पानी” जस्ता गीतहरुका भिडियो सार्बजनिक भईसकेका छन्। उनको “उड्न देउ” छैटौ भिडियो हो।एल्बममा सुभास सुन्दास, डा. विनय श्रेष्ठ, प्रकाश क्षणिक, योगेन ढोली, रिमा विश्वकर्मा र अमित कार्की द्वारा लिखीत सात वटा गीतहरु समावेश गरिएका छन्।

img_1193

उनको ‘माया हो’ बोलको गीत १८औं इमेज अवार्ड २०१६ मा उत्कृष्ट गायन विधाका लागि मनोनयनमा परेको थियो। देश तथा बिदेशमा आफ्नो प्रस्तुति दिदैं छुट्टै पहिचान बनाउन सफल गायक सुन्दास यति बेला युरोपमा निकै लोकप्रिय बनेका छन्। उनले स्विजरल्याण्ड, स्पेन, इटाली, जर्मनी, डेनमार्क,साईप्रस लगायत थुप्रै देशहरुमा आफ्नो प्रस्तुती समेत राखिसकेका छन्।

img_1190 img_1191 img_1192 img_1186 img_1188

Previous articleसहमतिमै नेतृत्व चयन हुन्छ- एनआरएन, उपाध्यक्ष पन्त
Next articleसंसार घुमें, संसार देखें

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here