न्युजिल्याण्ड। दुई उपाध्यक्षको उपस्थितिमा गैर आवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद न्युजिल्याण्डले अन्तरक्रिया कार्यक्रम गरेको छ। आइतबार बिहान भएको कार्यक्रममा एनआरएनएका दुई उपाध्यक्षहरु कुमार पन्त र भवन भट्ट सहभागी भए।
उपाध्यक्ष कुमार पन्तले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघले एउटै साझा सञ्जालमा आवद्ध गरेर सामूहिक लगानीको वातावरण बनाएको बताए। रोजगारी र राम्रो शिक्षाका लागि विदेशिएका नेपालीहरुसँग अहिले सीप, ज्ञान पूँजी रहेको उल्लेख गर्दै नेपाललाई सम्वृद्ध पार्ने लक्ष्य हाँसिल गर्न गैरआवासीय नेपालीहरु निर्णायक रहेको बताए।
गैरआवासीय नेपाली संघको आगामी नेतृत्वका लागि उपाध्यक्ष पन्त र भट्टलाई प्रतिस्पर्धीको रुपमा हेरिएको छ। एक सहभागीले चुनाव प्रचारका लागि न्युजिल्याण्ड आउनु भएको भनेर प्रश्न उठाएपछि उपाध्यक्ष पन्तले अर्का उपाध्यक्ष भट्टलाई देखाउँदै भने, हामी दुई जना प्रतिस्पर्धी होइनौं। मिलेर जाने कुरामा विश्वास गर्छौं। अन्तिम समयसम्म मिल्न कोसिस गर्छौं। एक वर्ष पहिलेदेखि नै चुनाबी गतिविधि गर्दा संस्था कमजोर हुन्छ त्यसो गर्नु हुन्न भन्नेमा हामी सचेत छौं।
करिब ८ हजार नेपाली बसोबास गर्दै आएको न्युजिल्याण्डबाट भूकम्पको बेला ९२ हजार डलर संकलन गरेर पठाइएको स्मरण गर्दै उपाध्यक्ष पन्तले न्युजल्याण्डबासी नेपालीलाई धन्यवाद दिए।
भूकम्पले नेपालमा ठूलो विनाश गरेको बेला भएको यो योगदानले न्युजिल्याण्डको एनसीसी सक्रिय रहेको पुष्टि गर्छ। सहयोग गर्ने तपाइँ सम्पूर्ण साथीहरु बधाई तथा धन्यवादको पात्र हुनुहुन्छु, उनले भने,  अहिलेसम्म ग्लोबल सम्मेलनमा न्युजिल्याण्डबाट ८—१० जना डेलिगेट्स जाने गर्ने गर्नुभएको रहेछ। यो तपाइँहरुको नेपालीको संख्याको आधारमा अत्यन्त थोरै हो। यो संख्या १ सय जना जति पुर्याउनु पर्ने देखिन्छ।
संस्थाका क्रियाकलापबारे जानकारी दिँदै उनले शंखमुलको बागमती किनारमा ३२ रोपनी जग्गामा दुई करोड रुपैयाँको लगातमा बगैँचा निर्माण, भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा एक हजार घर सहितको नमुना बस्ती निर्माण तथा तेस्रो एनआरएनएको आफ्नै भवन निर्माण कार्य भइरहेको जानकारी दिएका थिए।
अर्का उपाध्यक्ष भवन भट्टले एनआरएनएका गतिविधिबारे बोलेका थिए। धेरै समय आफ्नो व्यक्तिगत अनुभव सुनाएका उनले नेपाल कुनै दिन न्युजिल्याण्डजस्तै राम्रो सामाजिक सुरक्षा भएको मुलक बन्ने सक्ने जनाएका थिए।
कार्यक्रममा एनआरएनए न्युजिल्याण्डका अध्यक्ष बाबुराजा महर्जन, एनआरएनए आइसिसी सदस्य भुषण घिमिरले मन्तव्य व्यक्त गरेका थिए।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको बार्षिक साधारण सभा बासेलमा सम्पन्न (भिडियो)
Next articleसाईप्रसमा नेपाली म्युजिक भिडियो, हेर्नुहोस् ८ तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here