सिड्नी– अष्ट्रेलिया भ्रमणमा रहेका गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्तले मेलवनस्थित गैरआवासीय नेपालीहरुसँघ अन्तरक्रिया गरेका छन् । मंगलवार त्यहाँ आयोजित कार्यक्रममा उपाध्यक्षलाई मेलवनवासी नेपाली समूदायले स्वागत गरे ।

गैरआवासीय नेपाली सँघ मेलवन क्षेत्रद्धारा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पन्तले गैरआवासीय नेपाली सँघ भूकम्पका कारण पीडितलाई राहात र पुनर्निर्माणमा केन्द्रित भए पनि अब फेरि लगानीमा केन्द्रित हुनेछौं’ उनले भने, ‘विदेशमा रहेका साना नेपाली लगानीकर्ता समेट्दै हामी नेपालमा लगानी लैजान रणनीति बनाइरहेका छौं ।’

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेले नेपालमा गैरआवासीय नेपाली सँघले संचालन गरेका बिभिन्न गातिविधीका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली सँघकी केन्द्रीय सदस्य जमुला घले, चन्द्र योन्जन लगायतको उपस्थिती थियो ।

एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीले आयोजना गरेको ’बाली समिट’मा सकेर पन्त विभिन्न मुलुकको भ्रमणमा लागेका हुन् । उनी न्यूजरल्याण्ड, मलेशिया हुदैं जर्मनी फर्किने तयारीमा छन्।

Previous articleबेल्जियममा यो पटकको तमु ल्होछार ऐतिहासिक हुँदै
Next articleडायस्पोराका एक अभियन्ताको अप्रेशन (जिबनवृत फोटो फिचर सहित )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here