डिल्ली राम अंमाई – बेल्जियममा यो पटकको तमू ल्होछार ऐतिहासिक, गौरबपूर्ण एबम भब्य बनाउन तमु समाजका अभियन्ताहरु युद्धस्तरमा जुटेका छन । तमू ल्होछार (पौष पन्ध्र) को तयारीमा बोलाईएको तमुहरुको एक ब्रिहद भेलाले वेल्जियमका गुरूंग समुदाय आपसी सर-सल्लाहलाई घनिभुत बनाउदै कार्यबिभाजन समेत गरेका खबरहरु प्राप्त भएको छ ।

प्राप्त खबर अनुसार  समाजका पूर्व अध्यक्ष  वालेन्द्र गुरुङ्गको संयोजकत्व र चोकराज गुरुङको सहसंयोजकमा ६१ सदस्यीय तयारी समिति गठन गर्दै बिभिन्न उप समितिहरु र जिम्मेवारीको बाँडफाँड साथ ल्होछारलाई भब्य सफल पार्न सबैले संकल्प सहित अघी बढ्ने जनाइएको छ ।

पौष १५ अर्थात  डिसेम्बर ३० शुक्रबारका दिन अन्त्वेर्पेनमा आयोजना हुने ल्होछार कार्यक्रमको ब्यबस्थापनलाई चुस्त बनाउन र सहभागि पाहुनाहरुको खानपिन र साज सज्जाको तयारीको लागि २९ डिसेम्बर देखि नै एक बिशाल हलको बूकिङ गरी सकिएको जानकारी बैठक माझ संस्थाका कोषाध्यक्ष राम घलेले जानकारी दिएका छन ।
गुरुङहरुको महान चाड एबम नेपालीहरुको राष्ट्रिय पर्व ’तमू ल्होछार’, यसपाला तमू पात्रो अनुसार बादर वर्ग (प्र-ल्हो)लाई बिदाइ गर्दै चरा वर्ग (च्य-ल्हो)को आगमनको अबसरमा अझ भब्य रूपमा मनाउने तयारी भै रहेको जानकारी सँयोजक बालेन्द्र गुरुङले बताए । ’ल्होछारलाई सम्पन्न गराउन ब्यबस्थापन, प्रचार प्रसार, मनोरन्जन र ब्रिहत्तर सह-भागिमूलक बनाउन कही कतै कमी कम्जोरी नहोस् भन्ने तर्फ पूर्ण सचेत हुँदै जोरबलले जुटी रहका छौं’ भन्दै बेल्जियमका सबै गुरुङ सदस्यहरु र नेपाली समुदायबाट पूर्ण सहयोग र साथको अपेक्षा रहेको अनुरोध सँयोजकले  गरेका छन ।

गुरुङ संस्क्रिति र परम्परालाई प्रबासमा पनि जिवन्त राख्दै खानपिन, गीत संगीत, भेषभुषा र नाचगानबाट सबैलाई भरिपूर्ण मनोरन्जन दिने लक्ष रहेको कुरा आयोजक समितिका सह-संयोजक चोक राज गुरुङले बताए । तमू ल्होछार पौष १५ को ऐतिहासिक परम्परालाई कोट्याउदै समाजका संस्थापक सदस्य युबराज गुरुङले भने – “सूर्यको गति उत्तरणायनबाट  दक्षिणायन तर्फ यसै समयबाट हुने भएकोले त्यसको प्रत्यक्ष प्रभाब पृथ्वीको जीव चराचर जगतमा पर्ने भएकोले बोट बिरुवामा पालुवा पलाउने, किट पतँग चराचुरिमा नयाँ जीवनको शुरुआत संगै मानव समुदायमा परिवर्तन र खुशीयालिको बातावरण छाउने भएकोले समग्रमा धरतीमा सृस्‍टिको उभार हुने गर्दछ ।

यसरी प्रकृतिमा आउने परिवर्तनलाई हाम्रा पूर्खाहरुले महत्व दिँदै यस समयमा खुशी साट्ने, सुख दु:ख बिसाउने र आफन्तहरु संगै बसेर मिठो मसिनो खाँदै ल्होछार  (समय परिवर्तन) मनाउने पर्बको रूपमा हामीले पनि बेल्जियममा बिगत १६ बर्ष देखि निरन्तरता दिदै आएका छौं ।”
’ल्होछार पर्बको रौनक बढाउन नेपाल देखि कलाकारहरु झिकाउने प्रकृया अघी बढाइएको छ, त्यसको लागि सल्लाहाकार होम गुरुङले संयोजन  गरी रहेको छ भने  स्थानिय र छिमेकी देशका कलाकारहरुको समेत सकृय सहभागि जनाउने” जानकारी समाजका अध्यक्ष जीवन गुरुङले दिएका छन ।’ युरोप भरिका तमू समाजका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिने यस पर्बमा बेल्जियमका नव नियुक्त महामहिम राजदूतलाई समाजले औपचारिक स्वागत अभिनन्दन गर्ने कार्यक्रम रहेको’ जानकारी समेत अध्यक्षले बताए । ’ल्होछारलाई सम्पन्न गराउन सम्पूर्ण तमुस्यो (र्‍ही च्हमी)हरु, तमु सदस्यहरु, बेल्जियमका नेपाली समुदाय तथा पत्रकार बर्गमा सहयोग र साथको लागि तमू समाज बेल्जियमले हार्दिक अनुरोध गरेको छ’ उनले थप प्रष्ट पार्दै भने ।

Previous articleइनास यूरोपीयन गायन एवम नृत्य प्रतियोगिता कोपेनहेगेनमा हुने
Next articleएनआरएन उपाध्यक्ष पन्तसँग अष्ट्रेलियाको मेलवनमा अन्तरकृया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here