बार्सिलोना/ गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।संघले अन्तरराष्ट्रिय समन्वय परिषदका सचिव श्रेष्ठसँग शनिवार आफ्नै कार्यालयमा अन्तर्क्रिया गरेको हो।

कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले गैर-आवासीय नेपाली संघको झण्डा मुनी बसेर नेपालीहरुको हकहित र नेपालको संवृद्धिका लागि काम गर्दै गर्दा आफ्नो क्षमता वृद्धिमा पनि ध्यान दिनु पर्ने बताए। उनले व्यवसायिक स्वतन्त्रता बिना मानविय स्वतन्त्रता पूर्ण नहुने विचार राख्दै सम्पूर्ण स्पेनबासी नेपालीहरु लाई उद्यमशील बन्न अनुरोध गरे।

स्पेन आउँदा आफुलाई घरै आएको अनुभव हुने बताउँदै केन्द्रिय सचिव श्रेष्ठले राष्ट्रिय समन्वय परिषद स्पेनले भूकम्प पीडितहरुका लागि राहत र पुनर्निमाणमा गरेको उदाहरणीय सहयोग लगायत अन्य गतिबिधिको समेत खुलेर प्रशंसा गरे।

राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्ष मुक्त बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईसिसि सदस्य एकराज गिरी,कार्य समितिका पदाधिकारीहरु लगायत संघ संस्थाका प्रातिनिधिहरुको उपस्थिति रहेको थियो।

 युरोप संयोजक हुँदा पटक -पटक स्पेन आएका श्रेष्ठ एनआरएन स्पेनले आफ्नै कार्यालय स्थापना गरे पछि भने पहिलो पटक बार्सिलोना आएका हुन् । कार्यालय स्थापनाको लागि श्रेष्ठले संघलाई १ हजार ५ युरो सहयोग समेत गरेका थिए।

img_1091

Previous articleस्पेनमा सुजुरन ब्याईजलाई उपाधि ह्याट्रिक
Next articleस्वर्गीय बुवाको सम्झनामा एनआरएन,पोल्याण्डका अध्यक्ष सुवेदीले पानी अभियानलाई सहयोग गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here