वसन्त रानाभाट, बार्सिलोना।  सुजुरन ब्याईजले स्पेनमा सम्पन्न दिपावली कप फुटबलमा उपाधि ह्याट्रिक गरेको छ। लगातार तिन बर्ष सम्म प्रतियोगिता जितेर उपाधि माथि  नै ह्याट्रिक गरेको हो। आईतबार बार्सिलोनामा सम्पन्न फाईनल खेलमा नेपाली जनसम्पर्क समिति स्पेनलाई ४-३ को गोल अन्तरले पराजित गर्दै यस बर्ष पनि सुजुरन ब्याईजले उपाधि कब्जा गरेको छ । उपाधि सँगै बिजेता टिमले  नगद ४०१ युरो र उपविजेताले २५१ युरोको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाप्त गरेका छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आयोजना गरेको प्रतियोगितामा सुजुरन ब्याईज,नेपाली जनसम्पर्क समिति,स्याङ्जा सहयोग समाज,ग्रोखाज,मोना स्पेन,कास्की सेवा समाज र आयोजक एनआरएन स्पेनको टिमले भाग लिएका थिए।

15182518_1141632645927602_1787654298_o

बिजेता टिमका खेलाडीहरुमा कप्तान साङ्गे शेर्पा, सागर क्षेत्री,एलेन गुरुङ,बिनोद लामा,सन्तोष गुरुङ,,सुदिप गिरी, सबिन गुरुङ,नबिन घिमिरे,जेनिस घिमिरे र शैलेस मगर रहेका थिए। प्रतियोगितामा ७ गोल गर्न सफल भएका सुजुरन ब्याईजका सागर क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस्तै प्रतियोगितामा बालबालिका र महिलाहरुको समेत छुट्टाछुट्टै टिम बनाई मैत्रीपूर्ण खेल खेलाईएको थियो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए। प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रिय सचिव श्रेष्ठले फुटबलको देश भनेर चिनेने स्पेनमा महिला,बालबालिकालाई समेत समेटेर सबैलाई प्रेरेणा र हौसला मिल्ने गरि नेपाली समुदाय माँझ प्रतियोगिता सम्पन्न भएकोमा खुसी ब्यक्त गरे।

15152963_1465741773455390_1222933954_o

राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एक राज गिरी लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। एनआरएन स्पेनका सचिव तथा प्रतियोगिता संयोजक सुनिल रानाभाटले कार्यक्रम सफल पार्न सहयोग पुर्याउँने स्पेन स्थित नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्।

15146907_1141632739260926_1098338408_o 15145123_1465740560122178_458657675_o

Previous articleयुरोपको व्यवसायमा सफल हुँदै एक नेपाली युवा, प्रभु बैंकका सिइओ अशोकको आँखामा अर्जुन
Next articleएनआरएन केन्द्रिय सचिव श्रेष्ठसँग स्पेनमा अन्तर्क्रिया सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here