१६ नोभेम्वर, बिष्णु सापकोटा, बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमले  आगामी २० नोभेम्वर र २७ नोभेम्वर का दिन बेल्जियमको आन्त्रोपेन र लुभेनमा दुई छुट्टा-छुट्टै भब्य सांस्कृतिक च्यारीटी कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालमा गएको महाभूकम्प बाट क्षति ग्रस्त बिध्यालय भवनको पुननिर्माण सहयोगको लागी नेपालका ख्याती प्राप्त नेपाल ताराका आईडल गायक दिपक लिम्बु, गायिका साईमा कलाकार द्वय झरना र एन्जल को साथमा बृहत सांकृतिक कार्यक्रमको आयोजना गर्न लागीएको जनाईएको छ ।

यसरी आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रम बेल्जियमका दूई प्रसिद्ध शहर आन्त्रोपेनमा २० नोभेम्वर  र लुभेन शहरको ओंजहाउसमा २७ नोभेम्वरमा हुने भएको छ । भने कार्यक्रमका लागी प्रवेश शुल्क यूरो दश राखिएको जनाईएको छ  । च्यारीटी सास्कृतिक कार्यक्रम अन्तर्गत नेपालमा गएको महाभूकम्प बाट क्षति ग्रस्त बिध्यालय भवन निर्माण सहयोगका लागी केहि रकम अघिल्लो कार्यक्रम बाट संकलन भई सकेको र आगामी आयोजना गर्न लागीएको कार्यक्रम बाट  संकलित एक मुष्ठ रकम बिध्यालय पुननिर्माण सहयोगको लागी हस्तान्तरण गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहालले जनाएका छन् ।

नेपालको भूकम्प प्रभावित क्षेत्रमा रहेको क्षति ग्रस्त बिद्यालय पुनर्निर्माण सहयोग को लागी आयोजना गर्न लागीएको सांगीतिक च्यारीटी कार्यक्रम लाई सहयोग र सफल पार्नको लागी बेल्जियम स्थिति सम्पूर्ण नेपाली संघ-संस्थाहरु लगाएत बेल्जियमवासी गैर आवासीय नेपालीहरुलाई उपस्थितिको लागी समेत अनुरोध गरेको छ ।

Previous articleसाईप्रसमा रहेका नेपाली महिलाहरुको समस्या बारे सरकारको ध्यानआकार्षण
Next articleसन्तान आमाका लागी बरदान हुन् तर त्यहि सन्तान कोहि कोहि धारिलो छुरा भएर निस्किनछन्। कञ्चन शर्मा रेग्मी संग सुमन खरेलको मुटु छुने कुराकनी। कान्तिपुर टेलिभिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here