बसन्त रानाभाट। साइप्रसमा घरेलु कामका लागि नेपाली महिला कामदारहरुको समस्या दिन प्रतिदिन बढ्दै गएपछि एनआरएनए साईप्रसले नेपाल सरकारको ध्यानआकार्षण गराएको छ।नेपालका मेनपावर कम्पनीहरुले झुटो आश्वासन दिँदै साइप्रसमा कामदार पठाउने तर यता आए पछि दिनानु दिन समस्यामा परे पछि संघले सरकारको ध्यानआकार्षण गराएको हो।

नेपालका मेनपावर कम्पनीहरुले झुटो आश्वासन दिँदै साइप्रसका लागि कामदार पठाउने क्रममा ४ देखि ५ लाख रुपैयाँसम्म  मोटो रकम असुल गर्दै ठगी गरिएको पीडितहरुको गुनासो उल्लेख गर्दै संघले  नेपाल सरकारलाई चासो देखाएर गम्भीर हुन अनुरोध गरेको छ। यस्तै घरेलु काममा रहेका महिलाहरु माथि रोजगारदाताले दुर्ब्याबार गरेका घटनाहरु पनि पटक पटक सार्बजनिक भएको भन्दै यस तर्फ गम्भिर रुपमा संघले ध्यानआकर्षण गराएको छ।

नेपालको म्यानपावर कम्पनीहरुले भाषा र कामको बारेमा सामान्य जानकारी पनि नगराई अन्धाधुन्ध तरिकाले पठाउने गरेको ,रोजगारदाताले विभिन्न लान्छना लगाई बिनाकसुर सजायको भागिदार बनाई टिकट काटेर सिधै एयरपोर्ट सम्म पुर्याउने हर्कत भएका घटनाहरु पनि भेटिएको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ।

समस्यामा परेका महिलाहरुलाई साईप्रस र नेपालको एजेन्टहरुले सहयोग गर्नु को सट्टा उल्टो मानसिक यातना दिने, धम्काउने र  बेवास्था गर्ने , आत्तिएर  राति नै काम छाडेर घरबाट बाहिर निस्किने कामदार महिलाहरुलाई बस्ने वा कुनै बिकल्प नहुँदा झन् ठुलो समस्या देखिएको पनि संघले जनाएको छ।

यस्तै पासपोर्ट र भिसा कार्ड कामदारहरुलाई नदिई एजेन्ट अथवा मालिकले नै राखी दिने,सम्झौता पत्रमा तोकिएको समय वा निश्चित घर भन्दा अन्य ठाउँहरुमा पनि लगेर काम लगाईदिने, प्रत्येक महिनामा बुझाएको सोसल इन्सुरेन्सको रकम अन्त्यमा (काम छाड्ने बेलामा) नपाउने वा नदिने गरेको पनि संघले बिज्ञप्तिमा लेखेको छ।

तोकिएको सरकारी बिदामा पनि छुट्टि नदिने,सो बेला अतिरिक्त काम गरेको पारिश्रमिक नपाउने,कामदारहरुले सामान्य कागजात बनाउन पनि धेरै समय कुर्नु पर्ने  र बनाउनका लागि महँगो शुल्क  तिर्नु पर्ने बाध्यता रहेको भन्दै यस तर्फ गम्भिर हुन संघले नेपाल सरकारको ध्यानआकर्षण गराएको छ।

नेपाली अवैतनिक बाणिज्य दुताबासको कार्यालय,निकोसियामा शनिवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष सुबास मल्लले इजराइल स्थित नेपाली दूताबास आएका प्रथम सचिब हरिहर कान्त पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।  कार्यक्रम नेपाली अवैतानिक बाणिज्य दूत डा .राम जीवन पंजियार,एनआरएन आईसीसी सदस्य रंजित कुमार महतो,दूताबास सहचारी भोज कुमार भट्टराई लगायत साईप्रस स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसले ईजरायल स्थित नेपाली दूताबासको सम्बोधनमा बुझाएको ज्ञापनपत्रमा परराष्ट्र  मन्त्रालय,श्रम तथा रोजगार मन्त्रालय, बैदेशिक रोजगार प्रबर्दन बोर्डको सचिबालयलाई समेत बोधार्थ राखेको छ।

Previous articleएनआरएन अध्यक्षमा भट्ट उठ्ने संकेत
Next articleएनआरएन बेल्जियमले बिध्यालय पुननिर्माण सहयोगको लागी सांगीतिक कार्यक्रम गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here