यही २०१६ फेब्रुअरी २९ देखि फेसबूकको माध्यमबाट हरेक घरमा धारो होस् हरेक गाउँमा सिँचाइ होस् भन्ने नारा लिएर अगाडि बढेको पानी अभियानमा देश बिदेशबाट सहयोग आउने क्रम जारी भइरहदा यही मिती २०७३ कार्तिक २० गते शनिबारको दिन बिहान पानी अभियान शुरु भएको गाउँ लक्ष्मीपुर गाविस सुनपुर दाङमा सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको बिशाल भेला हुन गैरहेको जानकारी उपभोक्ता समिती सचिव किरण पौडेलले गराउनु भएको छ । उहाले एक प्रेस रिलिज जारी गर्दै लेख्नु भएको छ । “

यस दाङ लक्ष्मीपुर गा बि स सुनपुरमा जारि ” पानी अभियान ”को बारेमा महत्वपूर्ण छलफल गर्नका लागि यस अभियानका आम उपभोक्ताबासीहरुमा यहि 2073 साल कार्तिक 20 गते शनिबार बिहान 7:30 बजे सुनपुर चौक स्थित सुनपुर सामुदायिक वन भवनमा

कृपया आफ्नो अनिवार्य उपस्थिति जनाई अब यस पानी अभियानलाई ठोस रुप दिन ‘ सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ‘ सबैमा हार्दिक आह्वान गर्दछ ।”

यसैगरी पानी अभियान कर्ता मित्रलाल पार्देद्दारा समाजका बिभिन्न व्यक्तिहरुलाई उपस्थिती हुन एवम उपस्थिती हुन नसकेमा अभियानको बारेमा चासो राखी पानी अभियानको नारालाई गन्तव्यमा पुर्याउनको लागि साथ दिनको लागि अपील गरिएको छ । अपिलमा भनिएको छ, “आदरणीय राष्ट्रिय एवम अन्तर्राष्ट्रिय पत्रकार ज्यू नागरिक समाज बुद्धिजीवी एवम हरेक राजनितिक दलका आदरणीय व्यक्तित्वहरु कलाकारहरु सामाजिक व्यक्तित्वहरु पानी अभियान अब नया चरणमा प्रवेश गर्दैछ । अभियान शुरु भएको केही महिनामै बिस्तारै व्यापक बन्दै गैरहेको छ । यहि मिति 2073 साल कार्तिक 20 गते शनिबार बिहान 7.30 बजे पानी अभियान शुरु भएको गाउँ सुनपुरमा विशाल उपभोक्ता भेला हुदैछ र उक्त भेलाले महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गर्दैछ । अत उक्त कार्यक्रममा तपाइहरु पानी अभियानमा चासो राख्ने व्यक्तिहरु उपस्थिति भैदिएर तथा उपस्थिति हुन नसक्नेहरु अभियानबारे चासो राखी पानी अभियानको नारालाई तार्किक रुपमा ठोस आधारशीला तयार गर्नमा हौसला बढाइदिनु हुन यो पानी यात्री हार्दिक अनुरोध गर्दछ । ईतिहास निर्माण गर्ने काम तपाईं हामिहरुकै हो । इतिहास निर्माण गर्ने काम नेपाली गाउँहरुको हो । ” हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् ।” जय पानी अभियान ।

स्मरण रहोस् फेसबूक्को माध्यमबाट शुरु भएको पानी अभियानको खातामा झन्डै ७ लाख जम्मा भैसकेको छ ।

12910357_776934679104905_1572577583_n 13174004_1227218467296560_6237518990816677444_n

Previous articleनेजसस स्विटजरल्याण्डको जेनेभामा हुने तिहार देउसीभैलो कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Next articleएनआरएनको बार्षिक साधरण सभा २७ नोभेम्बर, बासेलमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here