अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पले आफूले जित हासिल गरे मात्रै चुनावको परिणाम स्वीकार गर्ने बताएपछि राष्ट्रपति बराक ओबामाले त्यसको चर्को आलोचना गरेका छन्।

ओबामाले ट्रम्पको अभिव्यक्ति प्रजातन्त्रका लागि खतरनाक भएको टिप्पणी गरेका छन्।

उनले चुनावमा धाँधली भएको एउटै पनि प्रमाण नदिइ राष्ट्रपति पदका रिपलिब्कन उम्मेदवार ट्रम्पले चुनावको वैधतामाथि आशंका उत्पन्न गराउन खोजेको आरोप लगाए।

बुधबार प्रतिद्वन्द्वी हिलरी क्लिन्टनसँगको अन्तिम टेलिभिजन बहसमा ट्रम्पले मतदानमा पराजित भए नतिजा स्विकार गर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेका थिए।

खतरनाक

हिलरीले बहसका क्रममा ट्रम्पले दिएको अभिव्यक्ति डरलाग्दो भएको प्रतिक्रिया दिएकी थिइन्।

त्यसपछि ओहायोमा बोल्दै ट्रम्पले चुनावी परिणाम स्पष्ट आए त्यसलाई स्वीकार गर्ने तर कुनै पनि प्रश्न उठ्ने नतिजालाई चुनौती दिने बताएका छन्।

तर मायमीमा हिलरीको चुनावी अभियानमा बोल्दै ओबामाले ट्रम्पका पछिल्ला भनाइ प्रजातन्त्रमा अस्वीकार्य रहेको धारणा राखेका छन्।

उनले भने, “हिजो रातिको बहसमा चुनावमा पराजित भएपनि हार नस्वीकार्ने संकेत गरेका ट्रम्प अमेरिकी इतिहासमै यस्तो धारणा राख्ने प्रमुख पार्टीका पहिलो उम्मेदवार हुन्। आज फेरि उनले आफूले जिते परिणाम स्विकार्ने बताए, यो ठट्टाको विषय होइन। यो खतरनाक हो, मानिसहरुको दिमागमा त्यस्तो कुरा भर्न खोज्नुले अमेरिकी प्रजातन्त्रको अवमूल्यन गर्छ।”

दुर्व्यवहार

यसैबीच एक जना अर्की महिलाले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

करिना भर्जिनियाले सन् १९९८ मा एउटा टेनिस प्रतियोगिताका बेला अर्बपति व्यापारी ट्रम्पले आफूमाथि दुर्व्यवहार गरेको बताएकी हुन्।

तर ट्रम्पले उक्त आरोपको खण्डन गरेका छन्।

161020133553_trump_clinton_promo_640x360_reuters_nocredit

 

-बीबीसी नेपाली

Previous articleबेल्जियमका कास्केलीहरुको अधिवेशन सम्पन्न
Next articleलोकमान विरूद्धको महाअभियोग प्रस्ताव संसदमा अधि बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here