डिल्ली राम अंमाई, बेल्जियम। कास्की समाज बेल्जियमको प्रथम अधिवेशन”विश्वभर छरिएर रहेका कास्केलीहरुको खोजी अभियान, सम्रिद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने नाराका साथ सम्पन्न भएको छ।  बेल्जियमको ओन्ज हाउस स्थित हलमा भब्य सहभागिताका बिच सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले कास्की निवासि हाल बेल्जियम बसोबास गर्ने सामाजिक अभियन्ता गमबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यिय  कार्यसमितिको चयन गरेको छ।

समितिमा उपाध्यक्षमा डिल्लीराम भण्डारी, शिव तिमिल्सिना, महासचिबमा तिर्थराज धमला, सचिबमा राजेन्द्र कार्की, कोषाध्यक्षमा बैकुण्ठ पहारी र सदस्यमा रमेशराज लामिछाने, रामचन्द्र सुवेदी, कृष्ण अधिकारी, जनकराज सुवेदी रहेको छन।

तदर्थ समितिका संयोजक पूर्ण तिमिल्सिनाको अध्यक्षतामा र जेष्ठ नागरिक मदन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको संचालन होम गुरुङले गरेका थिए भने कार्यक्रममा मिन गुरुङले स्वागत मन्तब्य दिएका थिए। बिशेष अतिथिको रुपमा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले कार्य सफलताको शुभकामना दिएका थिए।

कास्कीबाट बेल्जियम आइ वसोवास गर्ने नेपालीहरुको खोजी गरी आपसी सद्भभाव कायम गर्दै कास्की जिल्लाको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सहयोग पुर्याउने उद्वेश्यले समाजको गठन गरिएको हो।

Previous articleशहरी विकास मन्त्री केसीसँग अमेरिकाको बोस्टनबासी नेपालीले बृहत अन्तरक्रिया गर्ने
Next articleट्रम्पको अभिव्यक्ति ‘खतरनाक’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here