शालिक गौतम, आमस्ट्राडाम। जनसंपर्क समिति नेदरल्याण्ड्सको बजबुझारथ १६ अक्टोबरमा हुने भएको छ । गत सेप्टेम्बर २७ मा भएको चौथो अधिवेसनबाट नयाँ नेतृत्व आएको थियो । नेदरल्याण्ड्सको राजधानी आमस्ट्राडाममा हुने उक्त कार्यक्रममा नेपाली जनसंपर्क समितिका सवै साधारण सदस्यहरु, निवर्तमान तथा पुर्व सवै कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु र नेदरल्याण्ड्समा रहेका लोकतन्त्रबादी समाजसेवीहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ । कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने छ । उक्त कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण, आर्थिक हरहिसाव तथा प्रशासनिक कागजातहरु नयाँ कार्यसमितिलाई हस्तान्तरण हुने छ । तत् पश्चात नव निर्वाचित कार्यसमितिले औपचारिक पदभार ग्रहण  तथा बन्द सत्रबाट अनुमोदित निति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गरिने छ ।

Previous articleपानी अभियानलाई क्यानाडाबाट टन्डन परिवारले एक लाख दिने घोषणा
Next articleस्विटजरल्याण्ड: लोसान यात्रा संस्मरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here