लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई क्यानाडाबाट एन बि टन्डन  लगायत उहाँको परिवारको तर्फबाट १ लाख रुपैयाँ आफ्नो बैवाहिक जीवनको वार्षिक उपलक्ष्यमा दिने घोषणा गर्नु भएको छ ।  उहाँले तत्काल २५ हजार प्रदान गर्ने त्यसपछी   योजनाको अवधी चार वर्ष सम्म लगातार   २५ हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ। यसरी पानी अभियानलाई बिदेशमा दश नङ्रा खियाएर यति रकम प्रदान गर्नु कुनै चान्चुने कुरो होइन। यो सहयोगलाई साथ दिने र होस्टेमा हैसे गर्ने उहाँको परिवार अमृती ओलि टन्डन , बिनिता टन्डन, बिवेक टन्डन प्रति पानी अभियानकर्ता मित्र लाल पार्देले आभार प्रकट गर्नु भएको छ । पानी अभियानकर्ता भन्छन् यसरी  एन बी टन्डन  जस्ता सहयोगी व्यक्तिहरुको साथ हुँदै गयो भने पानी अभियान चाडै  सफल हुनेछ । स्मरण रहोस् उहाले   क्यानाडा बसेर नेपाल र नेपालीलाई चिनाउन सिङो ट्रकमा नेपालको तस्बिर  बोकेर अमेरिका र क्यानाडा  ट्रक चलाऊदै नेपालको पर्यटन बिकासमा टेवा दिनु भएको छ । उहा  हालसालै नेपाल पर्यटन बोर्डबाट पर्यटन दूतमा न्युक्ति   पनि हुनु भएको थियो ।

14615705_1348892965129109_3647420497536776476_o 

Previous articleयुरोपमा रा प्र पा नेपाल निकट “प्रबासी नेपाली एकता समाज ,युरोप ” गठन
Next articleकाँग्रेस नेदरल्याण्ड्सको बजबुझारथ १६ अक्टोबरमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here