काठमाडौंमा लामो समयदेखि क्रियाशिल विभिन्न होटल तथा गेष्ट हाउस व्यवसायी संघहरुको एक बृहत भेलाले शैलेश कार्कीको अध्यक्षतामा होटल व्यवसायी संघ काठमाडौं जिल्ला कार्य समिति गठन गरेको छ ।
राजधानीमा मंगलबार भएको विभिन्न ९ वटा व्यवसायी संघहरुको उक्त भेलाले २१ सदस्यीय काठमाडौं जिल्ला तदर्थ समिति चयन गरेको हो । नव गठित उक्त तदर्थ समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा टिका बहादुर रायमाझी, द्वीतीय उपाध्यक्षमा डि.बी. राई, तृतीय उपाध्यक्षमा प्रभु प्रसाद चौधरी, महासचिवमा ऋषि कुमार चौलागायी, कोषाध्यक्षमा भविश्वर दुबे, तथा सदस्यहरुमा यम बहादुर श्रेष्ठ, दीपक राई, बुद्धि बहादुर बस्नेत, दामोदर नेपाल, श्याम कुमार मण्डल तथा श्रीमती लक्ष्मी गुरुंग रहेका छन् भने सचिव र अन्य ८ जना सदस्य उक्त समितिको आगामी बैठकबाट पूर्ति गर्ने भेलाले जनाएको छ ।

Previous articleयूएईको फुजैराहमा न्यौपानेले गरे फाईभ स्टार लाँड्री सञ्चालन
Next articleईमेज अवार्डको पूर्वसंध्यामा सुभाष सुन्दास ब्यस्त, नयाँ म्युजिक भिडियोको छायांकन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here