मान बहादुर के.सी. ‘मुस्कान’, यूएई। अध्यक्ष गीतामणी पाण्डे र देउडा गायक तथा सुदूर पश्चिम सेवा समाज यूएईका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ रहनु भएको थियो, त्यस्तै अन्य अतिथीहरुमा राज भण्डारी, ओम कुमारी खाण, चिरन न्यौपाने, हरी डुम्रे, कुल के.सी., बिरेन्द्र खड्का, बिमल बि.सी., हरी ढकाल, दीपक काफ्ले, सागर लुईटेल, अमित विश्वकर्मा रहनु भएको थियो।
उद्घाटन समारोहमा पमुख अतिथी रमेश श्रेष्ठले आफ्नो शुभकामना मन्तब्य दिदै नेपालीहरु रोजगारीमा मात्रै सिमित नरहेर यसरी ब्यापार ब्यवसाय तिर पनि अग्रशर हुन थालेकाले खुशी ब्यक्त गर्दै आउँदा दिनमा राज न्यौपाने र देब न्यौपाने दुई भाई मिलेर शुरु गरेको ब्यवसायले सफलता पावोस् र यो ब्याबसाय यूईएका अन्य प्रान्तमा पनि फैलियोस् भन्ने जिज्ञासा राख्नु भएको थियो, भने गीतामणी पाण्डे, ओम कुमारी खाण, चिरन न्यौपानेले पनि शुभकामना मन्तब्य राखेका थिए, त्यस्तै लोक गायक हरी डुम्रे र अमित विश्वकर्माले गीत गाएर शुभकामना दिएका थिए भने देउडा गायक ‘मुस्कान’ले देउडा गीत मार्फत नै ब्यवसाय सफलताको शुभकामना दिएका थिए।  
फाईभ स्टार अटोमेटिक लाँड्रीका संचालक तथा उद्घाटन समारोहका सभापति राज न्यौपानेले आफ्नो मन्तब्य राख्दै आफुहरु ग्राहकहरुलाई अधिकतम सेवा र सुविधा दिएर ब्याबसायिक रुपमा लाभ लिनु भन्दा पनि ग्राहकहरुको बिश्वास जित्ने जिज्ञासा राख्नु भएको थियो। 
एक्कासी कसरी ब्यवसाय गर्ने मन बनाउनु भयो भनेर प्रश्न गर्दा जवाफ दिदै ८ बर्ष देखी रोजगारीको शिलशिलामा आफुले अनुभब गरे अनुसार यूएईमा नेपालीलाई अरुले हेर्ने दृष्टिकोण बदल्न र अघिकांश विदेशीले नेपालीलाई निम्न स्तरको कामदारका रुपमा बुझ्ने गरेकोले आफु ब्यवसाय तिर लागेको बताए । अन्य ब्यवसाय छोडेर लाँड्री ब्यवसाय नै किन रोज्नु भयो भन्ने प्रश्नको जवाफमा यूएईमा नेपाली दाजुभाईले गरी रहेका ब्यवसाय भन्दा केहि बेग्लै खालको ब्यवसाय गरौ भन्ने मनसाय बनाएर लाँड्री नै रोजेको ब्याबसायी देब न्यौपानेले बताए । फुजैराहको मुख्य भिडभाड रहने ठाउँ चैथराम सुपर मार्केटको पछाडि पट्टी सञ्चालन भएको उच्च प्रविधियुक्त सो लाँड्री करिब एक लाख चालिस हजार धिराम ( ४० लाख ८५ हजार नेपाली) रुपैयाँको लागत लागेको लाँड्रीका संचालक न्यौपाने ले बताउनु भयो।

समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकारहरुको बाक्लो उपस्तिथी रहेको सो उद्घाटन समारोहको सञ्चालन एनआरएनए फुजैराह क्षेत्रीय समितिका सचिब शेर सुनारले गरेका थिए।

11

Previous articleमोती जयन्तीमा गुरुआमा
Next articleहोटल व्यवसायी संघ काठमाडौं जिल्ला कार्य समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here