३० भदौ, काठमाडौं । युरोपेली मानवअधिकार अदालतले ब्रिटिस सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सनको मामिलामा ब्रिटिस सरकारले भेदभाव नगरेको ठहर गरेको छ ।

भूतपूर्व गोर्खाहरुले पेन्सनमा भेदभाव भएको भन्दै फ्रान्सको स्ट्रायजवर्गमा रहेको अदालतमा झण्डै पाँच वर्ष पहिले मुद्दा हालेका थिए । तर, अदालतले उनीहरुको विपक्षमा फैसला सुनाएको छ ।

युरोपेली मानवअधिकारसम्वन्धी माहासन्धिको धारा ११ र धारा १ अनुरुप भूवपूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई भेदभाव गरिएको भन्ने कुनै आधार नभेटिएको अदालतले बताएको छ । धारा १४ मा धर्म, वर्ण, लिंग वा अन्य कुनै पनि आधारमा संघका सदस्य मुलुकहरुले भेदभाव गर्न नपाउने उल्लेख छ ।

भूतपूर्व गोर्खा सैनिकहरुले भने ब्रिगेड अफ गुर्खाजबाट सेवानिवृत्त अन्य सैनिकहरुको तुलनामा आफूहरुलाई पेन्सनमा भेदभाव भएको दाबी गरेका थिए । १ जुलाई १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिस गोर्खा सैनिकहरुले समकक्षीहरुको तुलनामा झण्डै एक तिहाइ मात्र पेन्सन पाउने गरेको उनीहरु बताउँछन् ।

यस्तै मुद्दामा ब्रिटेनकै उच्च अदालतले पनि भूतपूर्व गोर्खा सैनिकहरुलाई हराएको थियो ।

अब युरोपेली मानअधिकार अदालतले पनि विपक्षमा फैसला गरेपछि भूतपूर्व गौर्खा सैनिकहरु निराश बनेका छन् । र, नेपाल सरकारले पहल गरोस् भन्ने चाहेका छन्।

-अनलाईनखबर

Previous articleजर्मनीमा रा. प्र. पा. नेपालको भातृ संगठन प्रबासी नेपाली एकता समाज गठन
Next articleनेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सको सभापतिमा रामचन्द्र क्षेत्रीको उम्मेद्वारी(बिज्ञप्ति सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here