डिल्लिराम अमाई, बेल्जियम। अघिल्लो मैनाको उत्तरार्धमा ईन्द्र धनुष क्लवको आयोजनामा प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमकी द्वितीय सचिव ललिता सीलवाल र अर्का विशेष अतिथि ८४ वर्षीय देउरुपा आचार्यको संयुक्त द्विप प्रज्वल गरी  लुभेनमा सम्पन्न कार्यक्रममा नाचगान सगै दर खाएर तीज मनाएका थिए भने ब्रुस्सेल मिलनकेन्द्र, ब्रुजको एभरेस्ट समाज, ठकुरी समाज ,बेल्जियम, हुँदै यही सेप्तेम्बर् २ तारिक एन आर एन ए आन्त्वर्पेन क्षेत्रिय समितिको आयोजनामा चेलीबेटिलाइ तिजको दर खुवाउने कार्यक्रम भब्त रुपमा सम्पन्न भएको छ ।

 कार्यक्रम एन आर एन क्षेत्रिय समितिका अध्यक्ष राम पुनको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथी नेपाली दूतावास बेल्जियमकी द्वितीय सचिव ललिता सीलवाल रहेकी थिइन । सचिव श्रीमती ललिता सिलवालले द्विप प्रज्वलन गरेर उद्घाटन गर्नु पुर्व राष्ट्रिय गीत बजाइएको थियो । महिला संयोजक निर्मला बजगाइँले  संचालन गरेको औपचारिक कार्यक्रममा कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगएे हरुलाई धन्यवाद दिदै नाम पढेर सुनाइएको थियो । त्यो कार्यक्रममा एन आर एन ए ग्लोबल सचिव अर्जुन श्रेष्ठको बिशेष उपस्थिती रहेको थियो भने बेल्जियमका सबै संघ संस्थालाई अतिथी बनाइएको थियो ।   

त्यस्तै ठकुरी समाजले एकहप्ता अगाडि गरेको साँगितिक कार्यक्रममा स्थानिय कलाकार कृतिका मगर र अनिशा राणाले आफ्नो सुन्दर नाचले सबैलाई मोहित परेका थिए । नेपालबाट आएका गाएककार राम्जी खाण र लोक गायिका लाली बुढाथोकीका गितले पुरै हल प्रेममाया भएको थियो । भने सबै सहयोगइलाई ठकुरी समाजका अध्यक्ष दिनेश कुमार मल्लले धन्यवाद दिएका थिए ।

P1280088 P1280085 P1280113   

Previous articleजिलोङमा तीज कार्यक्रम
Next articleकारागारभित्र महिला अधिकारकर्मीको तिज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here