काठमाडौँ, ४ भदौं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई अमेरिकाको सामाजिक संस्था ‘वि केयर फर ह्युम्यानिटी’ ले ‘एसिया डिग्निटेरी म्यान अफ द इयर’ नामक अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको छ ।

चुनौतीपूर्ण परिस्थितिमा नेपालको संविधानसभाको निर्वाचन सम्पन्न गर्न २०७० सालमा सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गरेको योगदान तथा न्याय सेवा मार्फत जनता र समाजलाई पु¥याएको योगदान समेतको मूल्याङ्कन गर्दै सो सम्मान प्रदान गरिएको हो ।

अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा अगष्ट १७ देखि १९ सम्म आयोजित मानवता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रिपिरषद्का पूर्व अध्यक्ष रेग्मीलगायत विश्वका विभिन्न देशका सरकार प्रमुख, पूर्व सरकार प्रमुख, पूर्व राष्ट्रप्रमुख तथा प्रसिद्ध सामाजिक अभियन्तालाई आयोजकले उहाँहरुको योगदानको कदरगर्दै सम्मान गरेको हो ।

सम्मानपछि पूर्व अध्यक्ष रेग्मीले विश्वमा सफलताको पथमा अग्रसर हुन सेवाको भावना र परोपकारको उद्देश्यसहित निरन्तर क्रियाशील हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले मानवीय सेवा र सामाजिक हितोपयोगी कार्यमा समर्पित भएमा विश्व शान्ति तथा सद्भावपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । रासस

Previous articleराष्ट्र संघकी यूवा सम्मेलनकी युवा अध्यक्ष जोलिले युवा भेलालाई यसरी सम्बोधन गरिन (भिडियोसहित)
Next articleखाडीमा नेपाली अलपत्र : खोइ उद्धार संयन्त्र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here