नेपाल सरकार  अन्तर्गत नेपाल पर्टयन बोर्डले बेल्जियमको पर्यटन प्रबर्धन दुतमा म्याग्दी स्थाई  घरभै बिगत लामो समय देखी बेल्जियम बस्दै आउनु भएका शिव कुमार बरुवाल लाई  नियुक्ती गरेको छ । 

नेपाल पर्यटन बोर्डले पहिला देखीनै संसारका बिभिन्न देशहरु नेपालको पर्यटनको बिस्तार र प्रबर्धनको लागि बिभिन्न ब्यक्तित्वोलाई पर्यटन दुतको रुपमा मानर्थ जिम्मेवारी दिदै आएको थियो । त्यसै अनुरुप आगामी २ बर्षको लागि  बिगत १५ बर्ष देखी बेल्जियममा बस्दै आएका बेल्जियमका युबा ब्याबसायी र बेल्जियमका एन आर एन लगायत बिभिन्न संघ संस्थाको नेत्रित्वो गरी सकेका शिव कुमार बरुवाल लाई नियुक्ती गरेको छ। 

बेल्जियममा आउन साथ म्याग्दी  प्रवासी नेपाली संघ मोना बेल्जियमका संस्थापक अध्यक्ष बनेर म्याग्दीमा बिभिन परोपकारी कार्यमा संलग्न  हेका बरुवाल हाल बेल्जियमका आधा दर्जन भन्दा बढी सामाजिक संस्थामा संलग्न रहेर त्यहाको स्थानिय समुदाय संघ घुलमिल गरी गतीबिधी गरी रहेका छन भने ब्याबसायिक रुपले पनि बेल्जियममा नेपाली खाद्य सामाग्री तथा हस्तकला को सामाग्री आयत गरी बिक्री बितरन गर्ने कार्यमा संलग्न छन।  

यस पर्यटन दुतको जिम्मेवारी प्राप्त गरे पछी उहा संग भाबी कार्य योजनाको बारेमा कुरा गर्दा अब छिट्टै नै  बेल्जियमको नेपाली दुताबास , गैर आवासिय नेपाली संघ बेल्जियम , लगायत बेल्जियम का सबै सामाजिक संघ संस्था र यस क्षेत्र का बिज्ञ हरु संग को सर सल्लाहा र परामर्स गरी ब्रिस्तित कार्य  योजना तयार गरेर अगाडि बढने कुरा जानकारी गराउनु भयो ।

Previous articleयुएईमा गौरा पर्ब धुमधामका साथ मनाउने
Next articleडेनमार्क सम्मेलनबाट महिला उद्यमशीलता र आत्म निर्भरतामा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here