मान बहादुर के.सी. ‘मुस्कान’ यूएई। सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सबै सुदूर पश्चिम बासीहरुलाई एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्दै गत वर्ष जस्तै यस वर्ष पनि २६ अगस्त २०१६ शुक्रबारका दिन जाबेल पार्क बरदुबईमा धुमधामका साथ ‘गौरा पर्ब’ मनाउने भएको छ ।

‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारा लिएर गठन भए देखि नै आपत्ति र बिपत्तीहरूमा मानबिय सहयोगका कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भरपर्दाे र विश्वसनीय संस्थाका रुपमा चिनिएको सुदूर पश्चिम सेवा समाज युएईले आफुले गर्दै आएका कार्यहरुलाई निरन्तरता दिदै यहि २६ अगस्त २०१६ शुक्रबारका दिन जाबेल पार्क बरदुबईमा गौरादेबीको पूजाआजा गर्दै बिरुडा प्रसाद सँगै नाचगान गरेर (बिशेष देउडा खेलेर) ‘गौरा पर्ब’ मनाउन लागेको संस्थाका महासचिब बहादुर के.सी. ‘मुस्कान’ले हामीलाई जानकारी दिए । 

अन्य संघ संस्थाका कार्यक्रमहरु भन्दा बेग्लै किशिमले मनोरन्जन दिदै सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको सुदूर पश्चिम सेवा समाज युएईले ‘गौरा पर्ब २०१६’ कार्यक्रममा पनि देउडा खेलेर नाचगान गर्दै बिशेष रुपमा मनाउने पूर्ण तयारी भई सकेको संस्थाकि कोश्याध्यक्ष टिकेश्वरी भण्डारी बोगटीले हामीलाई बताएकि छन ।

सुदूर पश्चिमी पहाडका गाऊ गर्खामा सुनिने गौराका गीतहरुको रन्को सुदूर पश्चिमेलीहरुले काठमाण्डौको खुल्ला मन्चमा पनि हरेक बर्ष मनाउदै आएका छन् भने एक बर्ष पहिले नेपाल भन्दा बाहिर कुनै पनि देशमा सुदूरपश्चिम सेवा समाज यूएईले दुबईमा मनाएको गौरा पर्ब आजकाल नेपालमा मात्र नभएर बैदेशिक रोजगारीको शिलशिलामा अन्य देशलाई आफ्नो कर्मभुमी बनाएका सुदूर पश्चिमेलीहरुले समेत मनाउन थालेका छन् । 

गौरा पर्ब विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्बको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्ब भाद्र शुक्ल को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्बको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरा पर्बमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । 

सुदूरपश्चिम सेवा समाज यूएईले रोजगारिको शिलशिलामा युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई २६ अगस्त २०१६ शुक्रबारका दिन गौरा पर्ब कार्यक्रममा सहभागी भएर बेग्लै खालको अनुभब लिदै, गौरादेबीको पूजाआजा गर्दै, बिरुडा प्रसाद सँगै नाचगान गरेर (बिशेष देउडा खेलेर) कार्यक्रमलाई भब्यताका साथ सफल पारी दिन अनुरोध गरेको छ।

Previous articleरामकृष्ण ढकालले भावनामा डुबाए, हिमाल सागरले स्विट्जरल्याण्ड नचाए
Next articleबेल्जियमको पर्यटन प्रबर्धन दुतमा शिव कुमार बरुवालको नियुक्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here