३० जुलाई २०१६, कोपेनहागन।  गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं महिला सम्मेलनमा यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरिए। राष्ट्रिय समन्वय परिषदका प्रस्तुतिहरु पश्चात संघका महासचिव डा. बद्रि केसी द्वारा संचालित राष्ट्रिय समन्वय परिषदहरुका चासोका विषयको एक सेसनमा बोल्दै संघका अध्यक्ष डा. शेष घलेले गैर-आवासीय नेपाली संघले नेपाली एवं यूरोपका स्थानिय संघ-संस्थाहरु र विदेशि ब्यक्त्तित्वहरु संग पनि समन्वय र सहकार्य गर्नु पर्ने बताए। यसैक्रममा उनले सबैसंगको सहकार्यबाट नै भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणका लागि नेपालीहरुले स्विटजरल्याण्डमा ९३ लाख ,  ईटालीमा २ करोड र स्पेनमा एक करोड भन्दा बढि आर्थिक सहयोग संकलन गर्न सकेको चर्चा गरे।

_DSC0056

Previous articleअध्यक्ष हिराबल गुरुङ द्वारा एनसिसि स्विटजरल्याण्डको प्रगति प्रतिवेदन प्रस्तुत
Next articleआईनालाई एनआरएनएको साथ, स्कुल बस किन्न १३ लाख सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here