२३ जुलाई २०१६, स्विटजरल्याण्ड। गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डले २४ जुलाईमा जुरीख शहरमा आयोजना गर्ने गैरआवासिय नेपाली संघका वर्तमान चुनौति र अवसरहरुका पृष्टभूमिमा भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणमा संघको उत्तरदायित्व विषयक अन्तरक्रियाका लागि संघको अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले आज जुरीखमा आईपुगेका छन्। उनको आगमनमा जुरीख अन्तर्राष्ट्रिय विमान स्थलमा आईसिसि सदस्य डा. विनय श्रेष्ठ, गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरूङ, स्वीस नेपाली भूकम्प पीडित आभियानका संयोजक पितम गुरुङ, जुरीख नेपाली स्पोर्टस् क्लबका अध्यक्ष देव राई, गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डका प्रवक्ता सन्तोष राई, युवा संयोजक अर्जुन बस्ताकोटी, कमल भट्ट, मनीराम तमाङ लगाएतका स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले खादा लगाई हार्दिकताका साथ स्वागत गरे। अध्यक्ष घले २१ – २२ जुलाईमा कतारमा आयोजित एनआरएनए मध्यपूर्वको पाँचौं क्षेत्रिय बैठकमा सहभागी बनि ९औं एनआरएनए यूरोपेली क्षेत्रिय बैठकको पूर्वसन्ध्यामा सोझै यूरोप भ्रमणमा निस्किएका हुन्। घले आज स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुसंग को बैठकहरुमा ब्यस्त रहेने छन्।  उपाध्यक्ष कुमार पन्त गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डको अन्तरक्रिया कार्यक्रमका लागि भोलि स्विटजरल्याण्ड आईपुग्ने छन्।

शेष घले स्विट्जरल्याण्डमा

Previous articleएनआरएनए मध्यपूर्व क्षेत्रको पाँचौं क्षेत्रिय बैठक सम्पन्न
Next articleबीबीसी नेपालीका पूर्व प्रमुख खगेन्द्र नेपालीसँगको बिशेष अन्तर्वार्ता (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here