२६ जुन २०१६, स्विटजरल्याण्ड। जुरीख नेपाल स्पोर्ट क्लबले आज संचालन गर्ने तेस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता बुखहोल्ज स्पोर्टआनलागे, उस्टरमा सुरू हुनै लागेको छ। प्रतियोगितामा भाग लिन स्विटजरल्याण्डका विभिन्न शहर र कान्टोनहरुबाट ५ वटा टिमहरु खेल मैदानमा जम्मा भएका छन्। यस पटक प्रतियोगितालाई मनोरञ्जनात्मक र प्रभावकारी बनाउन क्लबले नेपाली बालबालिकाहरुको लागि फुटबल र महिलाहरुका लागि डोरी तान्ने खेल समेत सनावेश गरी प्रतियोगिता आयोजना गर्दैछ।

आजको प्रतियोगिताका सहभागि टिमहरु:

१. जुरिख नेपाल स्पोर्ट क्लब, जुरीख

२. नेपाली फुटबल टिम, सारगान्स

३. फुटबल टिम, गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्विटजरल्याण्ड

४. नेपाल वान फुटबल टिम, स्विटजरल्याण्ड

५. सगरमाथा फुटबल टिम, जुरीख

Previous articleस्विटजरल्याण्ड यूरो कप २०१६ बाट बाहिरियो
Next article५० हजार डलर सहयोग घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here