२५ जुन २०१६, स्विटजरल्याण्ड। यूरो कप २०१६ को आज भएको खेलमा पोल्याण्डसंग पराजित भएपछि स्विटजरल्याण्ड यूरो कपबाट बाहिरिएको छ। खेलको नियमित समयाबधिमा दुबै तर्फबाट एक – एक गोल भएपछि नियम अनुसार खेल ३० मिनेट लम्ब्याउँदा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टिका माध्यमबाट चारका विरूध्द पाँच गोल गरी पोल्याण्ड विजयी भएको हो। खेलको पहिलो हाफमा पोल्याण्डले आक्रमक र दोस्रो हाफमा स्विटजरल्याण्डले दबाबपूर्ण खेल खेलेको थियो। नियमित खेल अबधिमा स्विटजरल्याण्डको तर्फबाट जर्दान जाकिरीले सुन्दर गोल गरेपनि पटक पटक प्राप्त अन्य अवसरहरुलाई भने स्विटजरल्याण्डको टिमले गोलमा परिणत गर्न सकेन। आजको खेलको विजयी पोल्याण्डले ३० जुन २०१६, क्वाटर फाईनलमा पोर्चुगलसंग खेल्ने छ। आजको खेलमा जीत हासिल गरेको भए स्विटजरल्याण्ड ईतिहासमै पहिलो पटक यूरो कपको क्वाटर फाईनलमा प्रवेश गर्ने थियो। स्विटजरल्याण्डको फुटबल टिमका खेलाडीहरु र फ्यानहरुले खेलको गुणस्तरका आधारमा स्विटजरल्याण्ड क्वाटर फाईनलका लागि छनौट हुनपर्ने तर दुर्भाग्यवश हुन नसकेको भनि दु:ख र निराशा ब्यक्त्त गरेका छन्।

PHOTO: Valery HACHE
PHOTO: Valery HACHE
 Photo: Michael Sohn
Photo: Michael Sohn
Previous articleसंयुक्त्त अधिराज्यको यूरोपियन युनियनबाट बहिर्गमनको निर्णय
Next articleतेस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता आरम्भ हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here