काठमाडौँ। अफगानिस्तानमा मारिएका १२ जनामध्ये ११ जन वैधानिक बाटो र एक गैरकानुनी ढङ्गबाट त्यहाँ पुगको भेटिएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले सुनसरीका अकुर तामाङ अफगानिस्तान गएको विवरण वैदेशिक रोजगार विभागको विवरणमा नदेखिएकाले उहाँ अवैधाननिक बाटोबाट विदेश गएको हुनसक्ने जानकारी गराउनुभयो ।

यही असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका ११ र घाइते सातजना भने वैधानिक बाटोबाटै विदेश गएको भेटिएको बताउनुभयो । अवैधानिक बाटोबाट गएकाहरुले बिमाबापतको रु १० लाख, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट प्राप्त हुने तीन लाखलगायतका सुविधा पाउँदैनन् । उनीहरुलाई सुविधा दिन छुट्टै निर्णय गर्नुपर्ने सचिव लम्सालले बताउनुभयो ।

आर्थिक वर्ष २०६२÷६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएका छन् । जसमध्ये पाँच हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र र तीन हजार ३२३ जना म्यानपावर मार्फत संस्थागत श्रम स्वीकृतिमा गएका छन् ।

अवैधानिक ढङ्गबाट समेत १० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान गरिएको छ । रासस

Previous articleस्विटजरल्याण्ड फ्रान्स बराबरी
Next articleद्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here