२० जुन २०१६, स्विटजरल्याण्ड। यूरो कप २०१६ को प्रथम चरणको खेल अन्तर्गत १९ जुन २

०१६ मा खेलिएको स्विटजरल्याण्ड र फ्रान्सबीच को खेल बराबरीमा टुङगियो। दुबै टिमलाई गोलका अबसरहरु प्राप्त भएको भएपनि खेलको पूर्ण अवधिसम्म दुबै टिमले गोल गर्न सकेनन्। यसअधि स्विटजरल्याण्डले अल्बानियालाई एक गोलको अन्तरले पराजित गरेको थियो भने रोमानियासंग एक-एक गोलको बराबरी भएको थियो। फ्रान्स र स्विटजरल्याण्डबीचको खेल शुन्यका विरूध्द शुन्यमा टुङगिए पनि दुबै टिम यूरो कपमा सहभागी २४ टिमहरु मध्यबाट छानिएर १६ उटकृष्ट टिमहरुको समुहमा चुनिन सफल भए। प्रथम चरणको “समुह क” को खेलमा सात अंकका साथ फ्रान्स समुह विजेता र पाँच अंकका साथ स्विटजरल्याण्ड उप-विजेता बने। यि १६ टिम बीच हुने खेलहरु बाट क्वाटर फाईनलका लागि ८ टिमहरुको छनौट हुनेछ। स्विटजरल्याण्ड अब “समुह ग” को रनर अप टिमसंग २५ जुन २०१६ मा खेल्नेछ।

Photo:TimGroothuis/Witters/freshfocus
Photo:TimGroothuis/Witters/freshfocus
PHOTO / KENZO TRIBOUILLARD
PHOTO / KENZO TRIBOUILLARD
Previous articleनेपाललाई भारतले पेल्दा चीन कुन हदसम्म आउला ?
Next articleअवैधानिक तबरबाट अफगानिस्तान जाने क्रम यथावत्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here